जोशी हाइड्रोपावरको शेयर कारोबार खुल्यो

काठमाडौं । जोशी हाइड्रोपावरको पुस २३ गते सोमबारदेखि शेयर कारोबार खुलेको छ। नेपाल स्टक एक्सचेञ्जमा हाइड्रोपावरको शेयर कारोबराको लागि जेओएसएचआई (JOSHI) सिम्बोलमा कारोबार हुने भएको छ । नेप्सेले हाइड्रोपावरको पहिलो कारोबारका लागि ९३ रुपैयाँ ६७ पैसा देखि २८१ रुपैयाँ १ पैसामा कारोबार गर्न सकिने ओपनिङ्ग रेञ्ज दिएको हाे । फ्लोरसिटमा हेर्दा हाइड्रोको पहिलो शेयर कारोबार २७९ रुपैयाँमा भएको छ । ३२ नम्बर ब्रोकरबाट १० कित्ता शेयर म्याचिङ्ग हुँदा कम्पनीको शेयर कारोबार उच्च मूल्य २७९ रुपैयाँमा पहिलो कारोबार भएको हो ।

मार्केट डेप्थमा भने अन्य लगानीकर्ताहरु एक सय रुपैयाँभन्दा कम मूल्यमा खरिद अर्डरमा बसेका छन् ।
हाइड्रोपावरले आइतबार चुक्ता पूँजी बराबरको ३७ लाख १४ हजार कित्ता शेयर नेप्सेमा सूचीकरण गरेको थियो । जसमध्ये सर्वसाधारणको लागि निष्काशन भएको १८ लाख १९ हजार ८६० कित्ता रहेको छ ।

जोशी हाइड्रोपावरले जेठमा इलामका स्थानीयका लागि ३ लाख ७१ हजार ४०० कित्ता साधारण शेयर बिक्रीमा ल्याएको थियो । सो आइपिओमा एक लाख २९ हजार ३९० कित्ता शेयर मात्र बिक्री भएको थियो भने दुई लाख ४२ हजार १० कित्ता शेयर अवितरित भएको थियो ।

यसपश्चात गत मंसिरमा इलामका स्थानीयका लागि निष्काशन गरेर अवितरित भएको सहित १६ लाख ९० हजार ४७० कित्ता शेयर सर्वसाधारणमा बिक्री गरि मंसिर २५ गते बाँडफाँड गरेको थियो ।

चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ भएको यस कम्पनीले इलामका स्थानीयका लागि जारी पूँजीको १० प्रतिशत र सर्वसाधारणको लागि ३९ प्रतिशत गरि कूल ४९ प्रतिशत शेयर बिक्री गरे पूँजी संकलन गरेको छ । चुक्ता पूँजीको बाँकी ५१ प्रतिशत शेयर स्वामित्व संस्थापकका छ ।

जोशी हाइड्रोपावरले इलामको पुवाखोलामा पहिलो आयोजनाको रुपमा २०७१ माघ १ गतेबाट ३ मेगावाटको अपर पुवा १ आयोजना सञ्चालनमा सञ्चालन गरिरहेको छ। कम्पनीले उक्त आयोजनाबाट व्यवसायिक रुपमा विद्युत उत्पादन गर्दै आएको छ ।

जोशी हाइड्रोपावरले इलामको पुवाखोलामा सञ्चालन गरिरहेको तीन मेगावाट क्षमताको अपर पुवा १ जलविद्युत आयोजनाको कूल लागत ५५ करोड ३५ लाख रुपैयाँ लाग्ने उल्लेख छ । यो लागत अनुसार यस आयोजनाको प्रति मेगावाट लागत १८ करोड ४५ लाख रुपैयाँ हुन आउँछ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु