‘पानीजहाज आउछ, टिकट काट्न पनि पाइन्छ केही समय धैर्य गर्नुहोस्’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयभित्रै पानीजहाज आउने बताउनु भएको छ । संसदलाई सम्वोधन गर्दै उहाले केही समय अझै पर्खिन भन्दै नेपालबाटै पानीजहाज चल्ने र टिकट काट्न पाइने बताउनु भएको हो ।

‘केही वर्ष पहिले मैले पानी जहाज आउछ भन्दा बाल्टिमा कागजका जहाज कुदाउनेहरु अहिले टिकट खोज्न थालेका छन्,’उहाले अगाडी भन्नुभयो,‘कम्तीमा टिकट त खोज्न थाल्नु भएको छ । केही समय धैर्य गर्नुहोस्, पानी जहाज पनि आउछ, टिकट काट्न पनि पाइन्छ ।’

प्रधानमन्त्री ओलीले आफूले जे गर्दा पनि प्रश्न उठाइएको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभएको छ । ‘अहिले म केही अनौठो व्यवहारको अनुभूति गर्दैछु । प्रश्न उठ्यो– ‘सरकार के गर्दैछ, पत्तो भएन !’ के गर्दै छ भन्ने जवाफ दिन्छु अनि फेरि प्रतिप्रश्न आउँछ– ‘प्रधानमन्त्री किन बोलेको १ बोल्न नहुने रहेछ भनेर चुप रहन्छु, फेरि प्रश्न उठ्छ– खोई जवाफ दिएको ?’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘केही गर्न खोजिन्छ, सोधिन्छ– यो किन गरेको रु केही नगर्दा त प्रश्न उठ्ने नै भयो– खोइ काम गरेको ?

राज्यलाई समृद्ध बनाउने र जनता सुखी बनाउने भन्दा आफ्नो अर्को स्वार्थ नरहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । ‘मलाई कुनै तर्क र बहसमा रुचि छैन । गर्नु पनि छैन । गर्नु छ त मुलुकको विकास । अब पनि विकास नगर्ने हो भने कहिले गर्ने रु हामीले पनि नगर्ने हो भने कसले गर्ने रु’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु