धादिङ अष्ट्रेलिया समाजको अध्यक्षमा सविन थपलिया

सिड्नी । धादिङ अष्ट्रेलिया समाजको अध्यक्षमा सविन थपलिया चयन भएका छन् । समाजको शनिबार सिड्नीमा सम्पन्न साधारणसभाले थपलियाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा सुरेन्द्र नेपाल, सचिवमा राधिका बानिया र कोषाध्यक्षमा विश्व थपलिया चयन भएका छन् । त्यसैगरि, सदस्यहरुमा दिनेश कार्की, दीपा अधिकारी, सुनिता त्रिपाठी, इभा अधिकारी, प्रभातकिरण नेपाल, दीपक खनाल, रामचन्द्र शर्मा, कपिल सिंखडा, शरद दाहाल, सुमन परियार र अनुपजङ्ग बानिया रहेका छन् । समाजको सल्लाहकारहरुमा मुरारी लम्साल, सन्तोष पाण्डे, जनक पाण्डे, प्रतिक्षा पाण्डे, दयाराम सिँखडा, उदय लोहनी, अर्जुन केसी र हरि अधिकारी रहेका छन् ।

नयाँ कार्यसमिति घोषणापछि अध्यक्ष थपलियाले समाजले आगामी दिनमा धादिङ जिल्ला र जिल्लावासीका लागि यहाँका नेपालीलाई एकीकृत गरेर सामाजिक काममा अघि बढ्ने बताएका छन् । उनले अन्य राज्य संयोजकहरु पनि छिटै चयन गरिने जानकारी दिए । साथै, नयाँ नेतृत्वले समाजलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु