‘अझै चुप लागेर बस्ने हो भने हाम्रा सन्ततिले हामीलाई थुक्ने छन्’ -मेनुका थापा

असनेपाल न्युज ।  बिगत पन्ध्र बर्ष देखि यौनजन्य हिम्सा तथा बलात्कारको चपेटामा परेका महिला तथा बालबालिकाको उद्धार, सामाजिक पुनर्स्थापना र मानसिक तथा शारीरिक सशक्तिकरणमा क्रियासिल सस्था ”रक्षा नेपाल” कि अध्यक्ष ”मेनुका थापा” संग लैंगिक हिंसा बिरुद्धको सोह्र दिने अभियानको पेरिफेरीमा रहेर असनेपाल नेपाल न्युज ले गरेको कुराकानीको अंश! अध्यक्ष थापाको सहायताले हजारौले नयाँ जीवन पाएका छन्।

मेनुका थापा
अध्यक्ष:रक्षा नेपाल

लैगिंक हिंसा भनेको के हो ? हिंसा किन हुने रहेछ ?
लैंगिक हिंसा अर्थात् लिङ्गको आधारमा हुने हिंसा नै लैंगिक हिंसा / लिंगका आधारमा हुने हिंसा भन्ने बित्तिकै महिला वा पुरूष वा तेस्रो लिङ्गि भएकै आधारमा पेशा, अध्ययन, कार्यस्थल,परिवार तथा समाजमा वा कुनै पनि ठाउँमा घृणा गर्नु, कूटपिट गर्नु, यौनजन्य दुराचार, डरत्रास, धम्कि दिनु, पारिश्रम नदिनु वा कम दिनु, अश्लिल शव्द बोन्नु, अश्लिल फोटो देखाउनु, आदि सबै लैंगिक हिंसा अन्तर्गत पर्दछन । अझै प्रस्ट भाषामा भन्नु पर्दा हाम्रो समाजले लैंगिक हिम्सा भन्ने बित्तिकै महिला माथिको हिंसाको कुरा गरेको भन्ने बुझ्दछ त्यो हैन । तिमि महिला हौ , महिला भएर यो गर्नु हुदैन त्यो गर्नु हुदैन भन्नु लैंगिक हिंसा हो र तिमि पुरुष हौ, पुरुष भएर रुनु हुदैन भन्नु पनि लैंगिक हिंसा हो ।
हामी समाजमा जे जति समुदाय वा भाषाभाषी वा वर्ग बस्छौ , हामीले एकअर्काको अस्तित्व लाइ नस्वीकार्दा र आफुले आफैलाई मपाईत्व गर्दा तथा एक अर्काको जीवनलाई ‘सम्मान’ र ‘समान’ नगर्दा मानविय मन् भड्किन्छ, भड्किएको मन् वा जीवन हिंसा प्रति उन्मुख हुन्छ ।
………………………………………………………………………………..
लैंगिक हिंसा बिरुद्ध को १६ दिने अभियान मा तपाई के गर्दै हुनुहुन्छ ?
संयुक्त राष्ट्र संघ लगायत संसारका प्राय सबै देशले नोभेम्बर २५ देखी डिसेम्बर १० सम्मको दिनलाई लैंगिक हिम्सा बिरुद्धको सोह्र दिने अभियान भनेर मनाउन थालेको ५८ बर्ष भएको छ / नेपाल सरकारले पनि यस्लाई प्राथमिकताका साथ मनाउन थालेको एक्काइस बर्ष भईसक्यो । यो सोर्ह दिने अभियान हामी सबै नागरिकको आफ्नै लागि आफु लागि पर्ने दिन् हो / यो दिवश महिलाको बिरुद्ध पुरुष पनि हैन र पुरुशको बिरुद्ध महिला पनि हैन ! सबै लिङ्गको समान अस्तित्वको लागि संयुक्त लडाई हो । यो सोर्ह दिने अभियानको मूल मर्म भनेकै समाजमा कोहि कसैबाट हेपिनु चेपिनु हुँदैन यदी कसैले आफु सक्षम भएकै कारण अरुलाई पिडा दिएको छ भने त्यसको बिरुद्द सचेत नागरिकले आवाज बुलन्द पार्नु पर्छ भन्ने नै हो / यो वर्ष नेपाल सरकारले ”लैङ्गिक हिंसा र दुर्व्यबहार : छैन हामीलाई स्वीकार” भन्ने मुल अभिब्यति सहीत गम्भिरताका साथ मनाउने निधो गरेकोले हामीले पनि नेपाल सरकार, नेपाल प्रहरी, वडा कार्यलय लगायत सम्पूर्ण अहिम्सा प्रेमी जन सँग हातेमालो गरीरहेकाछौ ।
……………………………………………………………………………………….
यसको ऐतिहासिक पाटो  बताईदिनुहोस् हाम्रो पाठक लाइ ?

आजभन्दा अन्ठाउन्न वर्ष पहिले अर्थात् १९६० मा ल्याटिन अमेरिकाको डोमेनिकल गणराज्यमा यौटा परिवारमा पेट्रिया, मिनर्मा र मारिया भन्ने तिन दिदीबहिनी थिए । उनीहरुले तत्कालिन समयको सरकारको तानासाही निरङ्कुश ज्यादती बिरुद्ध आवाज उठाउने निधो गरि सरकार बिरोधि आवाजलाई सशक्त अगाडी बढाए । सरकार बिरोधि कार्यक्रम गरेको भनेर ति तीन दिदिबहिनीलाई सरकारले पक्राउ गरी देश द्रोहिको आरोपमा जेल हाल्यो । जेलमा एघार महिना थुनेर १९६० को नोभेम्बर २५ तारिखका दिन तिनै जना दिदिबहिनीको निर्ममतापूर्वक सामुहिक हत्या गर्यो।
उक्त सामुहिक हत्याको बिरोधमा क्रान्तिकारी ३ दिदीबहिनीका अनुयायीहरुले आन्दोलन लाइ झन् शसक्त बनाए र अन्तत त्यो तानासाही ‘त्रिजुलो तानासाही सरकार बाट देश मुक्त भई स्वतन्त्र गणराज्य स्थापना भयो । त्यसपछि डोमेनीकन जनताले त्यो हत्यालाई लिङ्गको आधारमा महिला बिरुद्ध गरिएको हिम्साको रुपमा लिई नोभेम्बर २५ लाइ लैगिक हिम्सा निर्मुल पार्ने अभियानको रुपमा अगाडी बढाए । बिस्तारै यसको प्रभाब बिस्वभरी फैलिदै गयो र १९९९ मा संयुक्त राष्ट्रसंघको महासभाले नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मलाई लैंगिक हिम्सा बिरुद्धको दिवशको रुपमा १६ दिने अभियान चलाउने प्रस्ताब पारित गरेपछि नेपालमा पनि २०५४ साल देखि नेपाल सरकारको अगुवाइमा १६ दिने अभियान मनाइदै आएको छ ।
नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म महत्वपूर्ण दिवस हरु रहेका छन् जस्तै – (अन्तरास्ट्रिय बाल दिवस, अपांगता दिवस, बिस्व एड्स दिवस, भ्रस्टाचार बिरुद्धको दिवश, मानब अधिकार दिवश ) त्यसैले पनि यो १६ दिने अभियान हामी सबैको लागि महत्वपूर्ण छ । ……………………………………………………………….
उता मिनर्वा, मारियाले क्रान्ति गरे जस्तै नेपालमा ‘मेनुका” ले गर्दै हो कि ?
हा हा हा हा ( लामो हाँसो हास्दै )- वहाहरु जस्तो क्रान्तिकारी त बनुला नबनुला तर जुन दिन देखि म जन्मिएको समाजमा लिङ्गको आधारमा , बर्गको आधारमा एकले अर्कोलाई थिचोमिचो गरिरहेको यी आँखाले देखे र मैले आफै भोगे- त्यो दिन देखि मैले आवाज बिहिन को आवाज बन्ने सपना मनमा सजाय । त्यही बाल्यकालमा देखेको सपनालाई पछ्याउदै छु आज। ठुलो सपना छैन , बस् कुनै पनि नागरिकले आफ्नै देश भित्र अनागरिक भएर बाच्नु नपरोस् ! कुनै पनि छोरीले आफ्नै परिवारमा पराइ झैँ व्यवहार खेप्नु नपरोस् ! कुनै पनि महिलाले यो देशमा दोस्रो दर्जाको भूमिकामा जिउनु नपरोस् ……..
……………………………………………………………………………..
आफैले भोगे भन्नु भो – कस्तो हिंसा भोग्नु भयो र हिंसा बिरुद्ध लड्ने निधो गर्नुभयो ?
…………………………………………………………………..
मेरी आमाको दश बर्षको उमेरमा बिबाह भयो रे २० बर्षको केटा संग !! अनि मेरी आमा ४० वर्ष नकाट्दै बिधवा हुनु भयो । बुवाको मृत्यु हुँदा म आमाको गर्भमा एक महिने गर्भे शिसु रहेछु । ८ महिना पछि म जन्मिएँ – यो समाजले मलाई ‘बाबु टोकोई’ र ‘अलक्षिनी’ को संज्ञा दियो । जुन दिन मैले यो सब्द मेरै आफन्त बाट मेरो कानमा ठोक्कियो, त्यो दिन देखिनै मेरो बाल मानसपटलमा बाल बिबाह र अनमेल बिबाहको बिरुद्ध , लैंगिक हिम्साको बिरुद्ध अझ भनौ म एक निर्दोष बालिकालाई समाजले थोपरिदिएको अपमान जनक परिस्थितिको बिरुद्ध अरुलाई बचाउने र त्यसको लागि लड्ने प्रण गरें /
……………………………………………………………………………………
कतिको सफल मान्नु हुन्छ आफुलाई ? तपाइले सोचे जस्तै सजिलो छ त यो समाज संग लड्न ?
मेरी आमा निरक्षर थिइन् – उनले आफ्नो हातमा हसिया राखेर भएपनि मेरो हातमा कलम थमाईदिइन्। फलस्वरूप मैले देश विदेशको समाज पढ्न पाएँ, डुल्न पाएँ, बुझ्न पाएँ र सधै मैले मेरी स्वर्गीय आमा लाइ यो जिन्दगि दिएकोमा आभार प्रकट गर्दै, उनको सरिर आज धर्तीमा नभएपनि फोटो लाइ नमन गर्ने गरेको छु । यदि मैले यहाँ आज जे चलिरहेको छ त्यसमै रमाउने , सत्य बोल्न मुटु कमाउने र आफुलाई परेको पिडा विरूद्ध चुइक बोल्न नसक्ने हो भने भोलिका मेरा सन्तानले मलाइ किन नमन गर्ने ?
सदियौ देखि चलि आइरहेको र जानेर वा नजानेर हामीले पनि पछ्याउदै गइरहेको प्रथा, परम्परा, मूल्य र मान्यता लाइ भत्काउन सदियौ नै लाग्न सक्छ तर तपाई हामी जस्तो देश विदेश डुलेको, संसारलाई यौटै घर हो भनि मान्न थालेको, राष्ट्रिय तथा अन्तरास्ट्रिय कानुन पढेको, २, ४ वटा डिग्रीको सर्टिफिकेट हातमा बोकेको, आफुलाई ”मोर्डन” मान्ने यो पुस्ता पनि चुप लागेर बस्ने हो भने हाम्रा सन्ततिले हामीलाई थुक्ने छन् । आजको मेरो लडाई वा चिन्ता भनेको भोलिको पुस्ता लाइ हिम्सा र विभेद मुक्त कसरि पार्ने भन्ने मात्रै हो।
……………………………………………………………………………………………
आजको पुस्ता लाइ के संदेश दिन चाहनुहुन्छ ?
संदेश भन्दा पनि आजको पुस्तालाई मात्रै हैन सबैलाई मेरो हार्दिक अनुरोध छ- कृपया हातमा महँगो ”स्मार्ट फोन” बोक्नु भएको छ भने त्यो फोन भन्दा चौगुना तपाइले आफ्नो दिमाग, मन र सरिरलाई स्मार्ट बनाउनुहोस् । छिन्छिन् मा फेसबुक को स्ट्याटस अपडेट गर्नुहुन्छ भने पलपलमा तपाइको व्यक्तित्व अपडेट गर्नुहोस् । मान्छे जन्मिदै सामाजिक प्राणीको पहिचान बोकेर जन्मिएको हुनाले यो हाम्रो जीवन सकेसम्म समाज कै लागि उत्सर्ग गर्न सक्यौ भने साच्चै नै मानब कहलिन सक्छौकि !!! –
बस् सहि मानेमा मानब बन्ने प्रण गरौ, कोसिस गरौ….!
……………………………………………………………………….

Comments

comments

सम्बन्धित शिर्षकहरु