गुण्डाको ‘पगरी’ सुधार्ने कसरतमा गणेश लामा, के गर्दैछन् अष्ट्रेलियामा ?

अष्ट्रेलिया । हातहतियार खरखनाजा मुद्दापछि हिरासतमा पुगेका डन गणेश लामा नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् । उप सभापति विजयकुमार गच्छादारसँग नजिक रहेका लामा केही समयअघि मात्र छुटेका थिए । अहिले मुड फ्रेस बनाउन अस्ट्रेलियाका विभिन्न सहरमा पारिवारिक भ्रमणमा रहेका उनी राजनीतिक कार्यक्रममा पनि सक्रिय हुन थालेका छन् ।

मेलवर्नमा बस्ने भाईकोे बच्चा जन्मिएपछि भेट्नका लागि उनी गत डिसेम्बर २७ तारिखमा अस्ट्रेलिया पुगेका लामा राजनीतिक कार्यक्रममा सहभागी भएका छन् । विभिन्न राज्यका कांग्रेस जनसम्पर्क समिति, जातिय संघसंस्था र नेपालीको सार्वजनिक कार्यक्रममा सहभागी मात्र भएका छैनन्, सम्मान पनि थापेका छन् ।

सिड्नीमा कांग्रेस जनसम्पर्क समितिको कार्यक्रममा लामाको सहभागिता थियो । सिड्नीमा कांग्रेस जनसम्पर्क समितिले गरेको कार्यक्रममा समितिका अध्यक्ष छिरिङ्ग शेर्पाले त लामा सिंगो तामाङ्ग समुदायकै तर्फबाट अब्बल नेता हुन सक्ने भनी फुर्काए ।

अस्ट्रेलिया पुगेको पहिलो साता नै लामा मलेवर्न, सिड्नी र क्यानवेराको जनसम्पर्क समितिले गरेको कार्यक्रममा सहभागी भएका थिए । उनले ग्रानभिल नेपाली समाजले गरेको नयाँ वर्ष क्रुज पार्टी र तामाङ रिक्रियसनल क्लबले गरेको सम्मान कार्यक्रममा सहभागिता जनाए । एक सातापछि लामा नेपाल फर्किँदैछन् ।

पैसा र पावरले साथ दिएपनि अभागी गणेश

गुण्डाको उपनाम हटाउन गणेश लामा कति आतुर छन् भन्ने कुरा उनीसंगको छोटो भलाकुसारीबाटै प्रष्ट हुन्छ । निमार्ण कम्पनी चलाएर होस् वा विजय गच्छदारको फोरम लोकतान्त्रिक हुदै नेपाली कांग्रेसको महासमिति सदस्य नै किन नहोस् ? लामा आफ्नो धमिलिएको छवी सुधार्न आतुर देखिन्छन् ।
तर, पैसा र नेताले साथ दिएपनि गणेश लामालाई भाग्यले भने ठगिरहेकै भान हुन्छ । फोरम लोकतान्त्रिकबाट दोस्रो संविधान सभा चुनावमा काभ्रे क्षेत्र नम्बर २ बाट उमेद्वार बनेका लामा झण्डै तीन हजार मतले हारे । सभासद् बनेर गुण्डाको पगरी हटाउने उनको सपना चकानाचुर भयो । फोरम नेपाली कांग्रेसमा विलय भएपछि लामाले फेरी अर्को मौका पाए । नेपाली कांग्रेसबाट काभ्रे क्षेत्र नम्बर १ मा प्रदेश सभा सदस्यको उमेद्वार बनेका लामा दास्रो पटक पनि हार्न पुगे । चुनाव हारेको हारै गरेपछि लामा अहिले भन्न थालेका छन्- “मैले योगदान गर्न अझै बाँकी नै रहेछ”

गणेश लामा र अपराध

रक्तचन्दन तस्करी, हातहतियार, फिरौती, चन्दा असुली र ज्यानमार्ने उद्योग जस्ता थुप्रै मु्द्दामा लामाको नाम जोडिदै आएको छ । अपराधिक गतिविधीबाट अकुत सम्पति कमाएको आरोपमा लामा दोषी ठहर भई एक वर्ष जेल र डेढ करोड सम्पत्ति समेत जफत भइसकेको छ ।
पक्राउ पर्ने र छुट्नै क्रमको पछिल्लो उदाहरण हो काठमाडौ गौशालाको होटल पशुपति गोली काण्ड । होटलबाट पेस्तोलसहित समातिएका लामासात महिना जेल बसेर २०७५ असोजमा छुटेका हुन् । राजनीतिक शक्तिको आडमा लामाले अपराधलाई मलजल गरेको धेरैको बुझाई छ । तर, उनी भने आफु अपराधी नभई राजनीतिक कार्यकर्ता भएको बताउछन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु