वामपन्थी उम्मेदवारलाई हराउँदै जाइर बोल्सोनारु ब्राजिलको नयाँ राष्ट्रपति

एजेन्सी । ब्राजिलमा जाइर बोल्सोनारु राष्ट्रपतिमा निर्वाचित भएका छन्। गत अक्टोबर २८ मा भएको चुनावमा वामपन्थी उम्मेदवार फेर्नान्डो खाबालाई हराउँदै राष्ट्रवादी बोल्सोनारु राष्ट्रपतिमा विजयी भएका थिए। बोल्सोनारुले मंगलबार राष्ट्रपतिको शपथ लिएका छन्। उनले मंगलरबार नै कार्यभार सुरु गरेका छन्। राष्ट्रपतिका रुपमा आफ्नो पहिलो औपचारिक सम्बोधनको क्रममा बोल्सोनारुले विभेद र विभाजनबिनाको समाज बनाउने प्रतिवद्धता जनाएका छन्।

राष्ट्रपतिका रुपमा कंग्रेसमा गरेको सम्बोधनमा उनले आफूले ब्राजिललाई भ्रष्टाचार, अपराध र आर्थिक अव्यवस्थाबाट मुक्त गराउनका लागि प्रतिवद्ध रहेकाे बताएका छन्। उनको शपथग्रहण समारोहमा अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, हंगेरीका प्रधानमन्त्री भिक्टोर आरबान र पोर्चुगलका राष्ट्रपति मार्सेलो रिबेलो डी सोएसासहितका अतिथि सहभागी थिए।

Comments

comments

सम्बन्धित शिर्षकहरु