नेपाल सुपर लिग’ फुटबल प्रतियोगिता हुने

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आगामी वैशाख र जेठमा ‘नेपाल सुपर लिग’ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । मंगलबार गरेको पत्रकार सम्मेलनमा एन्फाले नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टको व्यवस्थापनमा आयोजना गर्ने ‘सुपर लिग’ प्रादेशिक अवधारणाका आधारमा सो प्रतियोगिता हुने जानकारी दिएको हो ।

प्रतियोगितामा सात प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । लिगका लागि एन्फाले हाल रहेको १४ ‘ए’ डिभिजन क्लबका १४० खेलाडी छनोट गरेर सबै प्रदेशलाई समान रुपले प्रदान गरेर टोली बनाउने एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए । प्रतियोगिता सिङ्गल राउण्ड रोबिनको आधारमा हुनेछ । सो प्रतियोगितामा २१ लिग खेल र प्ले अफ गरी २५ खेल हुनेछन् । टोलीमा विदेशी खेलाडीसमेत सहभागी हुन पाउनेछन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु