बिग ब्यास लिग: चौथो खेलमा पनि सन्दीपले लिए विकेट

काठमाडौं । अष्ट्रेलियाको प्रतिष्ठित बिग ब्यास लिगको चौथो खेलमा पनि नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने विकेट लिएका छन्। सन्दीपले मंगलबार भएको मेल्वर्न रेनेगडसविरुद्धको खेलमा टम कुपरलाई गुगलीमा आउट गरेका हुन् । उनले आफ्नो दोस्रो ओभरको अन्तिम बलमा विकेट लिएका हुन।

जारी बिग ब्यासमा सन्दीपले तीन खेलमा आठ विकेट लिएका छन्। तीमध्ये मेल्वर्न स्टार्सले दुई खेलमा हार र एक खेलमा जित निकालेको छ तर सन्दीपले भने तीनै खेलमा विकेट लिएका छन ।

सन्दीपले पहिलो खेलमा सिड्नी थन्डर्सका दुई विकेट हात पारे। होर्वाट हुरिकेन्सविरुद्ध दोस्रो खेलमा उनले तीन विकेट लिए। तेस्रो खेलमा सिड्नी सिक्सर्स्विरुद्ध दुई विकेट लिएका सन्दीप जारी प्रतियोगितामा अहिलेसम्मका सर्वा्धिक विकेट लिने खेलाडीको तेस्रो नम्बरमा छन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु