‘ए दिल’ बजारमा लिएर आए प्रेम भण्डारी (भिडियो सहित)

काठमाडौं ।  प्रेम भण्डारीको आधुनिक गीत ‘ए दिल’ को म्युजिक गीत/भिडियो सार्वजनिक भएको छ । नमस्ते सुदुरपश्चिम मिडिया मार्फत सार्वजनिक भएको गीतमा भरत ताम्राकार स्वर रहेको छ । लक्ष्मण आग्री शब्द रहेको गीतको संगीत देव पुन मगरले गरेका छन् । प्रेम भण्डारीको निर्देशनमा बनेको भिडियाको छायांकन साहिल चौधरीले गरेका छन् भने सम्पादन मिराज अर्यालको रहेको छ । युवावर्गहरुको भावनालाई समेटेर तयार पारिएको गीतमा मार्मिक मनछुने शब्दहरु प्रयोग गरिएको छ ।

मानवीय भावना पोख्ने आधुनिक धारमै रुची भएका भण्डारीले चलचित्रको पनि निर्देशन गरिसकेका छन् । अचेल त्यस्ता गम्भीर भावना बोल्ने गीत कमै मात्रमा बजारमा आईरहेका बेला सुदुरपश्चिमको विभिन्न ठाँउमा छायांकन गरिएको गीत आम स्रोता दर्शकको रोजाईमा कतिको पर्ने हो त्यो भने समयले नै बताउनेछ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु