प्रशिक्षक फेरेपछि म्यानचेस्टर युनाइटेड विजयी लयमा फ़र्कियो

एजेन्सी । इङलिश प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी लयमा फ़र्किएको छ। जोसे मोरिन्होलाई म्यानेजरबाट हटाएपछि खेलेका ३ खेलमा युनाइटेडले लगातार जित हासिल गर्दै आफु विजयी लयमा फर्किएको संकेत दिएको छ।

यसैबीच गएराती भएको खेलमा युनाइटेडले बोर्नमाउथलाई ४-१ गोल अन्तरले पराजित गरेको छ। युनाइटेडको जितमा पाउल पोग्वाले २ गोल गरे भने मार्कोस राशफोर्ड र रोमेलु लुकाकुले एक एक गोल गरे। त्यस्तै बोर्न माउथका लागि एक गोल नाथन एकेले फर्काएका थिए।

युनाइटेडको अन्तरिम प्रशिक्षकको जिम्मेवारी सम्हालेका पुर्व खेलाडी ओले गुनार सोलोजकरको यो लगातार तेस्रो जित हो। युनाइटेडको इतिहासमा सोलोजकर सुरुका तीन खेल जित्ने तेस्रो म्यानेजर भएका छन्। यस अघि जोसे मोरिन्हो र माट बुस्बीले पनि सुरुका आफ्ना तीन खेल जितेका थिए।

खेलको ८९औ मिनेटमा युनाइटेडका इरिक बेलीले रातो कार्ड पाएर मैदान छोड्दा १० खेलाडीमा सिमित भएपनि युनाइटेडको जितमा यसले कुनै असर गरेन।

जितपछि युनाइटेड २० खेलमा ३५ अंकसहित लिगको छैठौ स्थानमा रहेको छ। चौथो स्थानमा रहेको आर्सनल भन्दा युनाइटेड अब ३ अंकले पछाडी रहेको छ। त्यस्तै बोर्नमाउथ भने २० खेलमा २६ अंकसहित लिगको १२औ स्थानमा रहेको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु