प्रधानमन्त्री शेख हसिनाको पार्टीलाई भारी बहुमत, ३५० मध्ये २८१ सिटमा विजयी

एजेन्सी । बंगलादेशमा भएको आम चुनावमा प्रधानमन्त्री शेख हसिना वाजेदको पार्टी लगातार तेस्रो कार्यकालका लागि विजयी भएको छ । सन् २००९ देखि सत्तामा रहेकी शेख हसिना अब आउँदो कार्यकाल पनि प्रधानमन्त्री रहने पक्का भएको छ ।

प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगले आफ्नो पकड पुनः दोर्होयाएको हो । ३५० संसदीय क्षेत्रमध्ये अवामी लिगले २८१ मा जित दर्ता गरेको बंगलादेशको निर्वाचन आयोगले जनाएको छ । जितसँगै प्रधानमन्त्री हसिनाले आफ्नो तेस्रो कार्यकाल सुरक्षित गरेकी छिन् ।

वर्तमान प्रधानमन्त्री फेरि अर्को कार्यकालका लागि सत्तामा कायम रहने बाटो खोलेको रुपमा हेरिएको चुनावमा व्यापक स्तरमा धाँधली भएको आरोप विपक्षीको छ । मतदान केन्द्रहरुमा मतदान सुरु हुनु पूर्व नै भरिएका मतपेटिका देखिएका थिए । प्रमुख विपक्षी पार्टी गानो फोरमका नेता कमाल हुसैनले हाँस्यापद चुनावको नतिजा तत्काल रद्द गरी नयाँ चुनावका लागि निर्वाचन आयोगसँग अपिल गरेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु