चीनले रुससँग किनेको एस ४०० मिसाइलको सफल परिक्षण

बेजिङ । चीनले रुसी सरकारसँग किनेको एस ४०० एयर डिफेन्स प्रणालीको पहिलो पटक सफलतापूर्वक परिक्षण गरेको छ । चीनको पिपुल्स लिभरेसन आर्मी रकेट फोर्सले अज्ञात स्थलमा गरेको परिक्षण सफल भएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ । रुस र चीन सरकारकोबीच सन २०१५ को जुलाईमा सम्पन्न सम्झौता अनुसार अन्तिम सीपमेन्ट प्राप्त गरेसँगै एस ४०० मिसाईलको परिक्षण गरिएको हो ।

चीनको पिपल्सु लिभरेसन आर्मीले एक दशक देखी रुस निर्मित एस ३०० वायु रक्षा प्रणालीको बदलामा अत्याधुनिक एस ४०० वायु रक्षा प्रणालीमा ३ किलोमिटर प्रतिसेकेण्डको सुपरसोनिक गतिमा २५० किलोमिटर टाढाबाट लक्षमा प्रहार गर्न सक्छ ।

मस्कोले दावा गरे अनुसरा एस ४०० एक अत्याधुनिक वायु रक्षा प्रणाली हो जसले १० मिटर देखी २७ किलोमिटरबीचको उचाईमा ६०० किलोमिटर टाढासम्म ब्लास्टिक मिसाईल,दुस्मनको जेट विमान र ड्रोन सहितको लक्ष पत्ता लगाउँदै मार हान्न सक्दछ । यस प्रणालीले एक साथ ७२ जमिनबाट हावामा मार हान्ने मिसाइलको साथ ४८०० मिटर प्रतिसेकेण्डको गतिमा ३६ लक्षलाई एकै पटक ध्वस्त गर्न सक्नेछ ।

रुस निर्मित एस ४०० मिसाइल पहिलो पटक चीन सरकारले किने पनि संख्या भने खुलाएको थिएन् । पछिल्लो समय भारत सरकारले समेत एस ४०० मिसाइल किन्ने सम्झौता गरिसकेको छ । भर्खरै सम्पन्न एस ४०० मिसाइलको सफता पूर्वक गरिएको परिक्षण प्रति रुस र चीनले खुसी जनाएका छन् भने ताइवान,जापान र अमरिकाले चिन्ता व्यक्त गरेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु