म्यानचेस्टर सिटीको उपाधि होडमा धक्का

एजेन्सी । साबिक प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई जारी सिजनको उपाधि होडमा धक्का लागेको छ। बुधबार लेस्टरसँग पराजित हुँदा जारी सिजन अपराजित रहेको लिभरपुलले भने लिगमा १६ औं जित निकाल्यो। लिभरपुल न्युक्यासललाई ४–० ले पाखा लगाएको थियो। अर्को खेलमा सिटी अन्तिम केहि मिनेट १० खेलाडीमा सिमित भएको थियो। उपाधि होडमा रेहको सिटीलाई लेस्टरसँगको २–१ को हार मँहगो हुन सक्ने छ। बुधबार नै टोटनह्याम बोर्नेमाउथलाई ५–० ले पराजित गर्दे सिटीलाई पछि पार्दै लिगको दोस्रो स्थानमा उक्लियो ।

लिगमा शीर्ष स्थानको लिभरपुलको ५१ अंक भएको छ भने टोटनह्यामको ४५ र सिटीको ४४ अंक रहेको छ। बक्सिङ डेमा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा सिटी पराजित भएको हो। लेष्टरलाई जित दिलाउन मार्क अल्ब्राईटन र रोकार्डो पेरिराले एक एक गोल गरे। सिटीका लागि बर्नान्डो सिल्भाले एक गोल गरेका थिए। लेस्टरको घरेलु मैदान किङ पावर स्टेडियममा खेलको १४ औं मिनेटमा सिल्भाको गोलबाट सिटीले सुरुवाती अग्रता लिएको थियो। तर, खेलको १९ औं मिनेटमा अल्ब्राईटनले गोल गर्दै लेस्टरलाई १–१ गोलको बराबरीमा ल्याए।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा लेस्टरका पेरिरा चम्किए। खेलको ८१ औं मिनेटमा पेरिराले गोल गर्दै लेस्टरलाई २–१ को महत्वपूर्ण जित दिलाए। यस्तै खेलको अन्तिम समयमा ८९ औं मिनेटमा फाबियन डेल्फले रातो कार्ड पाएपछि सिटी खेलको केहि मिनेट १० खेलाडीमा समेटिएको थियो। हारसँगै सिटी लिग अंक तालिकाको तेस्रो स्थानमा धकेलिएको छ। सिटीले ४४ अंक जोडेको छ। सिटीले शीर्ष स्थानको लिभरपुलविरुद्ध अंक दुरी कम गर्ने मौका समेत गुमाएको छ। जितपछि लेस्टर २८ अंक जोडेर सातौं स्थानमा रहेको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु