पिक एण्ड ड्रपको नियममा हेरफेर,अब यी स्थानमा पनि रोकिनेछन् गाडी

काठमाडौं । पिक एण्ड ड्रपका कारण टुडिखेल वरिपरिबाट सवारी चढ्न अप्ठेरो भएको भनि सर्वसाधारणले गुनासो गरेपछि ट्राफिक प्रहरीलेले नियममा केही हेरफेर गरेको छ । ट्राफिक प्रहरी महाशाखाले बुधबार जारी गरेको सूचनमा यसअघि स्टप कायम नभएको रुटका गाडीका लागि एनएसी, भोटाहिटी र राष्ट्रिय सभागृह अगाडि स्टप थप गरिएको उल्लेख छ । ती रुटहरुमा विभिन्न रुटका गाडी रोक्न पाइने गरी नियम बनाइएको छ ।

पौष १ गते देखी लागु हुने गरी टुँडिखेल वरिपरि अव्यवस्थित तरिकाले एउटै सवारी साधनले थुप्रै ठाँउमा यात्रु चढाउने र ओराल्ने गरेका कारण ट्राफिक व्यवस्थापनमा समस्या देखिएको कारण यात्रुहरु चढाउने र ओराल्ने का स्थान परिवर्तन गरी एउटा सवारी साधनले टुँडिखेल वरिपरि एक स्थानमा मात्रै यात्रु चढाउने र ओराल्ने स्थानको व्यस्था गरीएको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु