लिबियाको विदेश मन्त्रालयमा आईएसको आत्मघाती आक्रमण, तीन जनाको मृत्यु

त्रिपोली । लिबियाको राजधानी त्रिपोलीस्थित विदेश मन्त्रालयमा मंगलबार आत्मघाती विस्फोट हुँदा कम्तिमा तीन जनाको मृत्यु हुनुका साथै मन्त्रालय भवनमा पनि ठूलो क्षति पुगेको छ । यसैगरी करिब १० जना घाइते भएको जनाइएको छ ।

सुरक्षा स्रोतका अनुसार सो कार्यमा इश्लामिक स्टेट (आइएस)को संलग्नता रहेको अनुमान गरिएको छ । बिस्फोटको निकै बेरपछिसम्म भवनबाट धुँवा फैलिएको थियो ।

सन् २०११मा तत्कालीन शासक मोहम्मद गद्धाफी अपदस्थ भएपछि त्यहाँ उनी समर्थक विद्रोहीहरुले समेत निरन्तर रुपमा निशाना बनाउने गरेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु