जिरो फ्लप भएपछि डन-३ को तयारीमा शाहरुख

एजेन्सी । बलिवुडका किङ्ग खान शाहरुख खान अभिनित फिल्म ‘जिरो’ ले अपेक्षाकृत सफलता नपाए पछि आफ्नो चर्चित फिल्म डको तेस्रो सिरिजका लागि काम सुरु गरेको बताइएको छ। भारतीय मिडियाहरुले शाहरुखले अब डन-३ को काम सुरु गरेको बताएका छन्। जिरोले भारतीय बक्स अफिसमा अपेक्षा अनुसार व्यापार गर्न असफल भएको छ। रिलिजको पहिलो चार दिनमा फिल्मले केवल ६९ करोड कलेक्सन गरेको छ।
पहिलो दिन २० करोड ब्यापार गरेको जिरो दोस्रो दिनमा नै बक्स अफिस कलेक्सन ओरालो लागेको थियो । पहिलो दिन नै आशा गरिए भन्दा कम रहेको कलेक्सन दोस्रो दिन १० प्रतिशतले कम भएको हो ।

जिरोले दोस्रो दिन भारतमा १८ करोड २२ लाख मात्र कलेक्सन गरेको जिरोले तेस्रो दिन २० करोड र चौथो दिन सोमबार १० करोडको कलेक्सन गरेको थियो। शाहरुख खानको स्टारडम अनुसार कलेक्सन निराशाजनक देखिएको छ । बलिवुड फिल्म विश्लेषक तरण आदर्सका अनुसार फिल्म करिब ४४ सय स्क्रिनमा रिलिज हुदा पनि आशा अनुसार कलेक्सन गर्न असफल भएको छ।

फिल्मलाई फिल्म विश्लेषकहरुले खराब रिभ्यु दिएका छन्। फिल्मले दोस्रो हाफ निराश बनाएको उनीहरुले बताएका छन्। फिल्म करिब २ सय करोडको लागतमा बनेको हुनाले फिल्म बक्स अफिसमा हिट हुने सम्भावना कम देखिएको छ।

जिरोको असफलताको संकेत पाइसकेका शाहरुखले आफ्नो आगामी प्रोजेक्ट डन-३ को सुरुवातका लागि फिल्मका निर्देशक फरहान अख्तरसँग भेटघाट गरेको बताइएको छ। डन-३ को कथा यसअघिका सिरिज भन्दा अत्यन्तै फरक रहेको र सुरुका २ फिल्मसँग यसको कुनै तालमेल नरहेको बताइएको छ।

डन-३ मा शाहरुखसँग नयाँ अभिनेत्रीले अभिनय गर्ने र यसअघि अभिनय गरेकी अभिनेत्री प्रियंका भने यस फिल्ममा नहुने बताइएको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु