अफगानिस्तान : मन्त्रालय परिषरमा आत्मघाती आक्रमण, २८ जनाको मृत्यु

अफगानिस्तान । अफगानिस्तानको राजधानी काबुलमा रहेको मिनिस्ट्री अफ पब्लिक वर्क्सको परिषरमा बिस्फोट तथा गोली प्रहार भएको छ । आक्रमणमा कम्तिमा २८ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

कार्यालयको परिषरभित्र बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउनुका साथै आत्मघाती बम बिस्फोट गराएको सरकारी अधिकारीलाई उदृत गर्दै बिबिसीले जनाएको छ । मन्त्रालयको प्रवेशद्वारमा आत्मघाती कार बम बिस्फोट भएपछि अन्धाधुन्ध गोली प्रहार शुरु भएको थियो ।

सोमबार घटना भएका बेला मन्त्रायलमा रहेका कार्यालयमा कार्यरत सयौँ कर्मचारी फसेका थिए । उनीहरु हामफालेर भागेका थिए । आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन । तर, अफगानिस्तानमा यस्ता खालका आक्रमण बिद्रोही समूह इस्लामिक स्टेट (आइएस) तथा तालिबानले गर्ने गरेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु