महिला श्रमिकलाई खाडी मुलुक जान लगाइएको प्रतिवन्ध अब खुल्ला ?

काठमाडौं । खाडी मुलुक र मलेसियामा घरेलु कामका लागि लगाइएको प्रतिबन्ध खुलाउने विषय अझै अन्योलमै छ । घरेलु श्रमिकमाथि लगाइएको प्रतिबन्ध तत्काल खुलाउने वा नखुलाउने विषयमा सङ्घीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले सोमबार आयोजना गरेको छलफलले पनि कुनै निर्णय गर्न सकेन ।

छलफलमा सहभागी श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले घरबिदामा आएका र आउन चाहने घरेलु श्रमिकलाई रोजगारका लागि फर्किन दिनुपर्ने धारणा व्यक्त गरे । आमाको निधन भएर बिदामा आएको तर काजकिरिया सकेर पुनः जान नपाएको गुनासा समेत आएका छन्, उनले भने, सुरक्षित महसुस गर्छन् र कमाइ पनि राम्रो छ भने उनीहरूलाई जान दिनुपर्छ, घरेलु काममा जाने सबैले दुःख पाउँछन् भन्ने सोच राख्न उपयुक्त हुँदैन ।
सो समितिका सभापति विमलप्रसाद श्रीवास्तवरले अर्को निर्णय नहुँदासम्म घरेलु श्रमिक ती देशमा पठाउन नहुने तर्क गरे । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु