बिगबासमा चम्किए सन्दीप,दोस्रो खेलमा लिए तीन विकेट

काठमाडौँ । अस्ट्रेलियाको घरेलु क्रिकेट प्रतियोगिता बिगबास टि-२० लिगमा नेपाली नेपाली युवा खेलाडी सन्दीप लामिछाने चम्किएका छन्। मेलबर्न स्टार्सबाट खेलिरहेका सन्दीपले होबार्ट हुरिकेन्सविरुद्ध दोस्रो खेल खेल्नेक्रममा तीन विकेट लिदैँ सनसनी मच्चाएका हुन्। यसअघि पहिलो खेलमा सिड्नी थण्डरविरुद्ध सन्दीपले २ विकेट लिएका थिए।

सोमबार सम्पन्न हुरिकेन्सविरुद्धको खेलको सातौं ओभरमा आफ्नो पहिलो ओभर लिएर आएका सन्दीपले एलेक्स डोलानलाई बोल्ड पारेका थिए। यस्तै टिमको चौधौं ओभरमा आफ्नो तेस्रो ओभर लिएर आएका सन्दीपले हुरिकेन्सका ओपनर म्याथ्यु वाडेलाई पवेलियन फर्काउँदै दोस्रो विकेट लिए भने टोलीको सोह्रौं ओभरमा आफ्नो अन्तिम ओभर लिएर आएका उनले पहिलो बलमै म्याक डोरिमेटलाई एलबिडब्लुको सिकार बनाए।

समग्रमा सन्दीपले चार ओभरको स्पेलमा २४ रन खर्चेर ३ विकेट लिएका हुन्। यद्दपी उनको टोली मेलबर्न भने हुरिकन्ससँग ६ विकेटले पराजित भएको छ। यो मेलबर्नको दोस्रो हार समेत हो।

Comments

comments

सम्बन्धित शिर्षकहरु