इन्डोनेसियामा अर्को सुनामीको चेतावनी, हिजोको सुनामीमा ज्यान गुमाउनेको संख्या २२२ पुग्यो

इन्डोनेसिया । ज्वालामुखीपछि आएको आँधीका कारण इन्डोनेसियामा मृत्यु हुनेको संख्या २२२ पुगेको छ। इन्डोनेसियाको सुन्डा स्त्राइटको किनारामा भएको घटनामा अन्य कयौँ घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन्। आँधीले सयौँ घर भत्किएको छ। स्थानीय समयअनुसार आइतबार विहान ९ः३० मा आँधी आएको हो।

ज्वालामुखी र आँधीका भिडियो सामाजिक संजालमा देखिएका छन्। ती भिडियोमा आकस्मिकरूपमा बर्षा भएको, संरचनाहरु भत्किएकोलगायतका दृश्यहरू देखिएको छ।

पछिल्लो विवरण अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या २२२ पुगेको पुष्टी भएको छ। ८५३ जना घाइते भएका र २८ जना बेपत्ता भएका अधिकारीरुले बताएका छन्।

ज्वालामुखी अझै पनि सक्रिय अवस्था रहेकाले फेरि नयाँ सुनामी आउन सक्ने चेतावनी अधिकारीहरुले दिएका छन्। आसपासका तटीय इलाकामा बसोबास गर्ने नागरिकलाई सरकारले अन्यत्र जानका लागि आग्रह गरेको छ।

प्रभावित क्षेत्रमा हराएका मानिसहरुको खोजी कार्य भैरहेको छ। सुनामीका कारण इन्डोनेसियाको जाभा र सुमात्राका आइल्याण्डमा बढी प्रभाव परेको छ।

वालामुखी विस्फोटपछि समुन्द्र भित्र गएको पहिरोको कारण सुनामी आएको अधिकारीहरुले बताएका छन्। सुनामी गएको ठाउँ जाभा र सुमात्रा टापुको बीचमा पर्छ। यसले जाभा सागरलाई हिन्द महासागरसँग जोडेको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु