यी हुन् सफल जीवनका अमुल्य सुत्रहरु, सफल कसरी हुन सकिन्छ ? एकपटक सुन्नुहोस्

काठमाडौं । मानिसहरु संसारमा आत्तिन्छन् थोरै दुख हुदाँ भने मातिन्छन् सुख प्राप्तिपछि । आत्तिने र मातिने भागलाई समंन्यन गरेर हिड्न सक्यो भने सबै मानिस सुखी रहन्छ । शंका र अविश्वासले भरिएको हृदय जीवनमा सफलताको लक्ष्य प्राप्त गर्न असमर्थ हुन्छ ।

जीवनको अमुल्य सिदान्त यो हो कि यदि आफ्नो सफलता प्रती शंका गर्न थालिन्छ भने कहिले पनि पूर्ण सफलता पाउन सकिदैन । ठीक यसैगरी जसरी आकाश तिर ढुँगा फ्यक्दा त्यो ढुङ्गा आकाश तिर नगइकन भुइ तिर खस्छ ।

आत्मबिश्वासको अभावमा भगवानले पनि मानिसको मद्दत गर्न सक्दैन । सफलता प्राप्त गर्न काम प्रती भरोसा राख्न जरुरी छ । जुन मानिसमा आत्मबिश्वासको कमी हुन्छ वा सफलता प्रती आफ्नो मन मा शंका हुन्छ त्यो मानिस कहिले पनि सफल हुँदैन । सफलता पहिला मनमा आउनु जरुरी छ जब आफ्नो मननै सफलता प्रती शंकाकाले भरिएको छ त सफल कसरी हुन सकिन्छ ।

आत्मबिश्वासी र आत्मबिश्वासहिन ब्यक्तिमा आकाश जमिनको फरक हुन्छ । एउटाको बाटो सफलता तिर लम्किन्छ भने अर्कोको बाटो पराजय तिर । हामीमा आत्मबिश्वास जती जती बढ्दै जान्छ कार्य सक्ती पनि उती उती निखारिदै आउछ । त्यसैले आफ्नो विश्वाश लाई द्रिढ राखु पर्छ । जुन कुरामा पनि शंका र अबिश्वास गरेर हेर्नु हुँदैन ।

Comments

comments

सम्बन्धित शिर्षकहरु