अन्तरास्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीजको निर्वाचन सम्पन्न, अध्यक्षमा खत्री, विश्वकर्मा र सुबेदी उपाध्यक्ष

अमेरिका । नेपालबाहिर छरिएर बसेका नेपालीहरुबीच नेपाली भाषा र साहित्यको विकास तथा बिस्तार गरी नेपाली भाषासाहित्यलाई नयाँ पुस्ताबीच जीवन्त राख्ने उदेश्यले सन् १९९१ मा अमेरिका वासिङ्टन डीसीमा स्थापना भएको संस्था अन्तरास्ट्रिय  नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टीज (बिओटी) को प्रत्येक चार वर्षमा हुँदै अाएको  कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ।

निर्वाचनबाट २०१८-२०२२ को कार्यकालका लागि अध्यक्षमा गीता खत्री चयन भएकि छिन् भने  उपाध्यक्ष पदम विश्वकर्मा र पुरु सुवेदी सचिव शिव लामिछाने, कोषाध्यक्षमा राम लामा ‘अविनासी’, पुरस्कार समिति, अध्यक्षमा डा. गोपी उप्रेती तथा सदस्यमा तीर्थराज अधिकारी निर्वाचित भएका छन् । दुई जना उपाध्यक्ष पदका लागि मात्र निर्वाचन भएको थियो भने बाँकी सबै पदाधिकारीहरुको चयन निर्विरोध भएको थियो ।

संयुक्त राज्य अमेरिका, नेपाल, जापान, अस्ट्रेलिया, कुवेत, इजरायल र म्यानमारमा गरी कूल ६१ जना अनेसास बोर्ड अफ ट्रस्टी सदस्यहरु रहेकामा यस पटकको निर्वाचनमा कूल ५७ मत खसेको थियो। निर्वाचनको लागी डिसेम्बर १५ देखि १८ सम्म मतदान समय तोकिएको थियो। उपाध्यक्ष पदका तेस्रा प्रत्यासी वलराम थापाले २३ मत प्राप्त गरेका थिए।

विभिन्न ३० भन्दा बढी देशमा करीब ८० शाखाहरु क्रियाशील संस्थाको स्थापनाकालको तीन दशक बितिसक्दा पनि केन्द्रीय कार्यालय भवन नभएकोमा अबको दुई वर्षभित्र यस कार्यसमितिले अमेरिकामा अनेसासको केन्द्रीय कार्यालय भवन खरिद गरिसक्ने नवनिर्वाचित अध्यक्ष गीता खत्रीले बताइन् । अनेसासले हरेक दुई वर्षमा वितरण गर्ने अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारको छनौट प्रक्रिया र पुरस्कारको स्तरलाई अझ व्यवस्थित र पारदर्शी बनाउने पनि उनले बताइन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु