अस्ट्रेलियाका अध्यागमन मन्त्रीलाई नेपाली समुदायको बधाई

असनेपालन्युज , सिड्नी । अस्ट्रेलियाका नवनियुक्त्त अध्यागमन , नागरिक तथा बहु सांस्कृतिक मामिला मन्त्री डेभिड कोलम्यान लाई नेपाली समुदायले एक समारोहका विच स्वागत तथा बधाई ज्ञापन कार्यक्रमको आयोजना गरेको छ । नेपाली समुदाय पिकहर्ष्टको आयोजनामा मन्त्री डेभिडलाई बुधवार आयोजित एक कार्यक्रमका विच पिकहर्ष्टमा स्वागत तथा सम्मान गरिएको हो । आफु स्वागतित बने पछि मन्त्री डेभिडले नेपाली समुदायको बढ्दो उपस्थिति अस्ट्रेलियाको लागि स्वागत योग्य भएको बताउंदै समुदायमा सरकार राख्ने सबै सवालमा आफु सकृय रुपमा भूमिका खेल्ने बताउंनु भयो । उहांले नेपाली समुदायको इमान्दारिता र लगनशिलता उदाहरणिय रहेको बताउंनु भयो ।
सो अवसरमा हर्ट्स्भिलका काउन्सलर “नान्सी लि ऊ , नेप्लिज पेन्हर्स्ट कम्युनिटी तर्फ बाट लक्षमण श्रेष्ठ , हरी श्रेष्ठ ,लिब्रल  फ्रेण्डस अफ नेपाल   बाट निरज श्रेष्ठ लगायतले सो अवसरमा नेपाली समुदायको तर्फ बाट बधाई दिंदै समुदायमा साथ र सहयोगका लागि आ-आफ्ना धारणा राख्नु भएको थियो ।
विश्व शान्ति समाजको तर्फ बाट पनि सम्मान
सो अवसरमा विश्व शान्ति तथा अध्यात्म विज्ञानको तर्फ बाट उत्प्रेरक वक्ता एवं योग गुरु आचार्य राजन शर्मा तथा संस्थाका महासचिव विदुर सापकोटाले मन्त्री डेभिडलाई बधाई तथा शुभकामना पत्र समेत प्रदान गर्नु भयो ।
सो अवसरमा नेपाली शब्दमाला पाठशालाका प्रतिभाशालि विध्यार्थीहरूलाई प्रसंशापत्र कदर पत्र वितरण गरिएको थियो . कार्यक्रम नेपाली समुदाय ‘नेप्लिज पेन्हर्स्ट कम्युनिटी’ पेन्हर्स्टले आयोजना गरेको थियो ।
अस्ट्रेलियाको राजनीतिक परिवर्तनलाई नेपाली समुदायले नजिक बाट नियाल्ने गरेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु