पेट्रोलियम पदार्थको मूल्य घट्यो, कति छ नयाँ मूल्य ?

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको हो ।

आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले घटाएको हो । मंलगवार साँझ बसेको निगम सञ्चालक समितिको वैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो ।

इन्डियन आयल कर्पोरेश (आईओसी)बाट प्राप्त भएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो ।

निगमले मंलगवार रातिदेखि जारी हुने गरी गरेको निर्णयानुसार अव पेट्रोल प्रतिलिटर १ सय १० रुपैयाँ तथा डिजेल र मट्टीतेल ९७ रुपैयाँ प्रतिलिटरमा पाइने छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु