अाफ्नो नाममा जम्मा भएको घरभाडा फिर्ता लैजान सांसद भट्टराईको अाग्रह (विज्ञप्ति सहित)

काठमाडाैँ । प्रतिनिधिसभाका सांसद योगेश भट्टराईले आइतबार एक बिज्ञप्ती मार्फत घरभाडावापत संसद सचिवालयले जम्मा गरिदिएको रकम फिर्ता लैजान संसद सचिवालयलाई अनुरोध गरेका छन्। उनले घरभाडा बापत आफ्नो नाममा हालसम्म जम्मा भएको ९० हजार फिर्ता लैजान अथवा आउने महिनामा प्राप्त हुने पारिश्रमिकबाट घटाउन संसद सचिवालयलाई आग्रह गरेका हुन् ।

अाफुले सहि विवरण दिँदा-दिँदै पनि घर भाडा लिनेको सुचीमा आफ्नो नाम प्रकाशीत भएको सुन्दा अाफु आश्चर्यमा परेको पनि बताएका छन् । यसो हुनुमा संसदीय क्षेत्रमा अनुभवको कमी तथा संसद सचिवालयका तर्फबाट अभिलेखको व्यवस्थापनमा भएको असावधानीलार्इ जिम्मेवार देखाएका छन् । उनले यसप्रति दुःख व्यक्त गरेका छन्।

संसद सचिवालयले काठमाडौंमा घर भएका र नभएका संसद सदस्यहरूको विवरण फारम भराउँदा आफूले काठमाडौंमा आफ्नो घर भएको कुरा पहिले नै स्पष्ट रुपमा उल्लेख गरेको उनले बिज्ञप्ती मार्फत बताएका छन् ।

लामो राजनीतिक यात्रामा जिवन समर्पण गरेको अाफुले कुनै पनि गैरकानुनी तथा गलत आचरणका कार्य नगर्ने प्रतिबद्धता पनि उनले विज्ञप्तिमा गरेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु