अष्ट्रेलिया जाने तयारीमा हुनुहुन्छ ? अष्ट्रेलिया सरकारले ल्यायो नयाँ भिसा योजना

अष्ट्रेलिया । अष्ट्रेलिया सरकारले नयाँ भिसा योजना ल्याएको छ । एसबिएस न्युजले जनाए अनुसार  सहरी क्षेत्रमा जनसंख्याको चाप बढेता पनि ग्रामिण ( रिजनल ) क्षेत्रमा व्यवसायीहरुले कामदारको अभाव रहेको गुनासो गरिरहेका कारण सरकारले नयाँ भिसा योजना ल्याएको हो ।

नयाँ भिसा योजना अन्तर्गत, अष्ट्रेलियाको रिजनल क्षेत्रका व्यवसायीले विदेशी कामदारलाई स्पोन्सर गर्न सक्नेछन् । विदेशी कामदार दक्ष हुनुपर्नेछ र पेशा कृषि, हस्पिटालिटी तथा अन्य व्यवसायसंग सम्बन्धित हुनुपर्नेछ । स्ट्यानडर्ड भिसा अन्तर्गत नपर्ने पेशालाई समेत व्यवसायीहरुले स्पोन्सर गर्न पाउनेछन् भने अंग्रेजी भाषा दक्षतामा पनि कडाइ हुनेछैन । उक्त Temporary Skill Shortage visa (Subclass 482) पीआरको लागि पाथवे समेत हुनेछ ।

Designation Area Migration Agreements नाम दिइएको यो योजना हालको लागि भिक्टोरियाको Warrnambool region र Northern Territory मा लागु हुनेछ । यी क्षेत्रमा जनसंख्या अत्यन्तै न्यून रहेको र कामदारको अभाव रहेकोले सरकारले प्राथमिकतामा राखेको हो । केही समय पछि अरु रिजनल क्षेत्रमा पनि यो योजना विस्तार गर्ने बताइएको छ ।

सम्बन्धित शिर्षकहरु