दुई महिनामै नौ सय कर्मचारीको विदेश भ्रमण

काठमाडौँ । सरकारले विदेश भ्रमणमा कडाई गरे पनि निजामति कर्मचारीले त्यसलाई लत्याउँदै विदेश भ्रमणलाई तीव्र बनाएका छन् ।

निर्देशन अवज्ञा गर्दै कर्मचारीको विदेश सयर बढेपछि मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयले विदेश भ्रमणमा जाने कर्मचारीको सुची संकलन गरेको हो ।

पछिल्लो दुई महिना असोज र कात्तिक म मात्र ९ सयभन्दा बढी कर्मचारी विदेश भ्रमणमा गएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

एकदुई दिनमै असोज र कात्तिकमा विदेश भ्रमण गर्ने कर्मचारीको अन्तिम सुची तयार पार्नेछौँ, स्रोतले भन्यो, पछिल्लो दुई महिनामा विदेश जानेको संख्या नौ सयभन्दा बढी देखिएको छ । अाजको नागरिक दैनिकले खबर छापेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु