अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त गर्ने तयारी

काठमाडौं । सरकारले अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त गर्ने तयारी गरेको छ । आर्थिक लेनदेनसम्बन्धी विवादमा तानिएपछि राजदूत लक्की शेर्पालाई सरकारले स्पष्टीकरण दिन काठमाडौं बोलाएको छ । परराष्ट्र मन्त्रालयको अनुसन्धान र उनको बयानका आधारमा दोषी भेटिए शेपालाई बर्खास्त गर्ने सरकारको तयारी छ ।

आफ्नै सवारी चालक वाङचु शेर्पासँग पैसा असुलेर अस्ट्रेलिया लगेको आरोप लागेपछि शेर्पामाथि छानबिनको प्रक्रिया अगाडी बढेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालय स्रोतले भन्योः‘राजदूत शेर्पालाई स्पष्टीकरण दिन मन्त्रालयले स्वदेश बोलाएको छ, उहाँमाथि लागेका आरोपका विषयमा मन्त्रालयले छानबिन पनि गरिरहेको छ, हाम्रो छानबिन र उहाँको स्पष्टीकरणका आधारमा मन्त्रालयले आवश्यक निर्णय लिनेछ ।’

मन्त्रालय स्रोतका अनुसार शेर्पाले एक चरण लिखित स्पष्टीकरण पठाए पनि त्यसबाट चित्त नबुझेपछि स्वदेश बोलाइएको हो । राजदूत शेर्पाले भने आफूमाथि लागेको आरोप निराधार रहेको बताउँदै आएकी छिन् ।

चालक शेर्पाले लक्कीका श्रीमान् नवाङ सोनाम शेर्पा र राजदूत शेर्पाले आफू र परिवारलाई अस्ट्रेलिया लैजान १० लाख रुपैयाँ मागेको आरोप लगाएका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु