विभिन्न देशका डा.हरुको सहभागी ‘आम्दा’ को सम्मेलन अष्ट्रेलियाको पर्थमा सम्पन्न

सिडनी । अष्ट्रेलियाको पर्थमा विभिन्न देशका चिकित्सकहरुको सहभागीतामा आम्दाको सम्मेलन  समपन्न भएको छ  । समसमायिक मेडिकल क्षेत्रमा सुधारको बारेमा भएको सम्मेलन अध्यक्ष डा.घनश्याम चापागाईको अध्यक्षतामा सम्पन्न भएको हो ।  आम्दा भनेको अष्ट्रेलियाली मेडिकल र डेन्टल एसोसिएसनका चिकित्सा क्षेत्रका व्यवसायी व्यक्त्तिहरुको एसोसिएसन भनेर चिनिन्छ ।

अष्ट्रेलियन मेडिकल एसोशिएशन एण्ड नेपलिज एसोसिएसनमा अष्ट्रेलिया,न्युजिल्याण्ड र प्यासिफीकमा देशहरुमा भएको मेडिकल एउटा नेपाली मुलको अर्गनाइजेशन हो । हरेक वर्ष एउटा साधारण मिटिङ्ग विभिन्न शहर हरुमा गर्दै आइरहेको आम्दाको (Australian Association Medical and   Dental Association ) अध्यक्ष डा. घनश्याम चापागाईले जानकारी दिए ।

सो कार्यक्रममा नेपाल,न्युजिल्याण्ड र अष्ट्रेलियाका सबै स्टेटहरु बाट चिकित्सकहरुको सहभागीता भएको थियो । यसमा अहिलेको समसमायिक मेडिकल क्षेत्रमा सुधारको बारेमा विभिन्न कार्यपत्रहरु प्रस्तुत हुनुका साथै आम्दाको लेटेस्ट टेक्नोलोजीलाई नेपालमा कसरी ट्रान्सफर गर्न सकिन्छ र नेपालको मेडिकल स्टाटसलाई कसरी अप स्क्रिन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ ।

पर्थ स्थित नेपाली संघ संस्थाको प्रतिनिधीको उल्लेखिय सहभागिता फेमेली डिनरको  साथै सांस्कृतिक कार्यक्रम पनि रहेको थियो ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु