काठमाडौंमा गोली चल्यो,आइएमई लुटेर भागेका पटके डाँका लिम्बु र प्रहरीबीच मुठभेड

काठमाडौं । काठमाडौँको कालोपुलमा गोली चलेको छ। शुक्रबार दिउँसो प्रहरीले डाँका मुद्दााका एक अभियुक्तलाई पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि गोली चलाएको हो।प्रहरीले एक राउण्ड गोली प्रहार गरेर फरार अभियुक्त राजन लिम्बुलाई नियन्त्रणमा लिएको छ। महानगरीय अपराध अनुसन्धान महशाखाका एसपी सोमेन्द्रसिंह राठौरले लिम्बु ६ वटा घटानमा संलग्न रही प्रहरीको वान्टेड सूचीमा रहेको बताए । लिम्बु यसअघि पनि ६ वर्ष जेल बसेर निस्केका थिए ।

पछिल्लो पटक उनले १२ मंसिरमा इटहरीमा रहेको एक्टिभ मनी ट्रान्फरमा सञ्चालक सबिन दाहाललाई छुरा प्रहार गरेर ३ लाख रुपैयाँ लुटपाटमा संलग्न रहेको प्रहरीले जनाएको छ । ०६३ सालमै उनले एक गेस्ट हाउसको काउन्टरमा पेस्तोल देखाएर ३ लाख ६१ हजार १ सय रुपैयाँ लुटेको अपराध महाशाखाले जनाएको छ । उनलाई प्रहरीले शुक्रबार दिउँसो गोली हानेर नियन्त्रणमा लिएको छ ।

दुवै खुट्टामा गोली लागेका लिम्बुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । लिम्बुले प्रहरीलाई गोली हान्ने प्रयास गरेपछि जवाफमा आफूहरुले फायर खोलेको महाशाखाले जनाएको छ । उनको साथबाट एउटा चाइनिज पेस्तोल र त्यसमा लाग्ने चार वटा गोली समेत बरामद गरिएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु