सिड्नीमा नेपाली विद्यार्थीको निधन,शव नेपाल पठाउनका लागि आर्थिक सहयोगको अपिल

सिड्नी । सिड्नीमा एक नेपाली विद्यार्थीकाे निधन भएकाे छ । २० वर्षीय मिलन तामाङ्काे मस्तिष्कघातबाट निधन भएको तामाङ् साेसाईटी अफ न्यु साउथ वेल्सले जनाएकाे छ ।

उनी सिड्नीकाे अबर्नमा बस्दै आएका थिए । सोसाईटीले एक विज्ञप्ति निकालेर यो दुखद घडीमा सहयोगका लागि सबै नेपाली समूदायलाई आह्वान गरेको छ । मिलनकाे शव नेपाल पठाउनका लागि आर्थिक सहयाेग संकलन गर्न लागिएकाे विज्ञप्तिमा भनिएकाे छ । निम्न खातामा सहयोग रकम जम्मा गर्न साेसाईटीले सबैमा अनुराेध गरेकाे छ ।

ACCOUNT NAME : TAMANG SOCIETY OF NSW

BSB : 112879

Comments

comments

सम्बन्धित शिर्षकहरु