अष्ट्रेलियामा नागरिकताको माग गर्दै आवेदन दिनेको संख्या दोब्बर,कतिले पाए यो वर्ष ?

अष्ट्रेलिया । अष्ट्रेलियामा अघिल्लो वर्षभन्दा यो वर्ष दोब्बर व्यक्तिले नागरिकता पाएका छन् । यो वर्ष अर्थात २०१८ मा जुलाई देखि अक्टोबर महिना सम्मको अवधिमा नागरिकताको लागि परेको निवेदन मध्ये ४५ हजार ५ सय अन्तिम चरण सम्म पुगे र ती मध्ये ३९ हजारले नागरिकता पाए ।

गत वर्ष यही समयको अवधि अर्थात जुलाई देखि अक्टोबर महिनासम्मको अवधिमा १५ हजार ५ सय जनाले मात्र नागरिकता पाएका थिए ।इमिग्रेसन मन्त्री डेभिड कोलम्यानले गृह मन्त्रालयमा स्रोतहरु थपिएका कारणले नागरिकता पाउनेहरुको संख्या दोब्बर भएको बताएका छन् ।

उनका अनुसार चारित्रिक जांचमा कडाइ गरिएको छ, नागरिकता तथा आप्रवासी सम्बन्धि कुनै कठीन मुद्दा आएमा त्यसलाई हेर्नको लागि छुट्टै संयन्त्र गठन गरिएको छ, अतिरिक्त स्टाफ नियुक्ति तथा तालिमको लागि ९ मिलियन डलर भन्दा बढी बजेट छुट्टाइएको छ र काम छिटो तथा सहज होस् भन्नको लागि नयाँ प्रविधिहरु भित्र्याइएको छ । जसले गर्दा नागरिकता सम्बन्धि काम छिटो भएको छ ।

नागरिकता निवेदन अन्तिम चरणमा पुग्ने ( फ़ाइनलाइज ) हुने संख्या बढेता पनि लाग्ने समय ( Waiting Time ) भने बढेको छ । उक्त समय १४ महिनाबाट १८ महिना पुगेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु