कांग्रेसमा समावेशीताका आधारमा पदाधिकारी संख्या बढाउन माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा समावेशीताका आधारमा पदाधिकारी संख्या बढाउनुपर्ने आवाज उठेको छ । कांग्रेसको बुधबारको केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले समावेशीताका आधारमा पदाधिकारीको संख्या बढाउनुपर्ने, सभापतिलाई सहजरुपमा काम गर्न अधिकार सम्पन्न बनाउनुपर्ने, क्रियाशील र साधारण दुवै सदस्यता राख्नुपर्ने सम्बन्धमा धारणा राखे ।

यही मंसिर १३ गतेदेखि जारी कांग्रेसको केन्द्रीय समिति बैठकमा विधान संशोधन मस्यौदामा छलफल केन्द्रित छ । बैठकमा हालसम्म बोल्ने संस्थापन पक्षका केन्द्रीय सदस्यले हालको पदाधिकारी सङ्ख्या नै यथावत राख्नुपर्ने तर्क गरिरहेका छन् भने संस्थापन ईतर पक्षले केन्द्रीय सदस्य सङ्ख्या बढेसँगै पदाधिकारी सङ्ख्या पनि बढाउनुपर्ने धारणा राख्दै आएका छन् ।
बैठक बिहीबार बिहान ११ बजे पुनःबस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु