निर्मला हत्या प्रकरण : संलग्नताको आशंकामा काठमाडौंबाट २२ वर्षीय युवक पक्राउ

काठमाडौं । कञ्चनपुरको भीमदत्तनगर–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एक जना युवा काठमाडौंबाट पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंबाटै कञ्चनपुरका २२ वर्षीय एक युवकलाई पक्राउ गरेको उच्च स्रोतले जनाएको छ ।

निर्मलाको शव फेला परेको दिन (साउन ११ गते) घरबाट बाहिरिएका एक युवकलाई पक्राउ गरिएको जनाईएको छ । लागू औषध र दुव्र्यसनीमा संलग्न रहेका ती युवामाथि प्रहरीले पहिले नै आशंका गरेको थियो । तर, परिवारका सदस्यले उनी भारत गएको बताएका थिए । प्रहरीले भारतमा समेत उनको खोजी गरिराखेको थियो । मंगलवार साँझ ती युवा काठमाडौंमा फेला परेका हुन् ।

प्रहरी स्रोतका अनुसार २२ वर्षीय ती युवाको डिएनए परीक्षणका लागि प्रहरीले नमूना समेत शंकलन गरिसकेको छ । ‘निर्मलाको हत्या र बलात्कारको घटनामा उनी कुनै न कुनै भूमिकामा संलग्न रहेको आशंका हामीलाई पहिलेदेखि नै थियो,’ प्रहरी स्रोतले भन्यो, ‘परिवारका सदस्यले उनी भारत गएको भनेका थिए । सोहीअनुसार हामीले खोजी पनि गरेका थियौं । मंगलवार साँझ काठमाडौंबाट पक्राउ परेका छन् ।

’उनको दुई दिनमा डीएनए रिपोर्ट आउने र रिपोर्ट नआएसम्म ती युवकलाई प्रहरी हिरासतमै राखिने बताइएको छ । पक्राउ परेका युवकको भूमिका शंकास्पद देखिएको र उनी यसअघि पनि अपराधिक गतिविधिमा संलग्न रहेको पाइएको बताइएको छ । प्रहरीले पक्राउ परेका युवाको नाम गोप्य राखेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु