प्रियंका विवाहको जुत्ता लुकाईमा परिणीतीले मागिन् पाँच करोड,पाइन् कति ?

एजेन्सी । अभिनेत्री प्रियंका चोपडा र निक जोनसको उम्मेद भवन प्यालेसमा आइतबार अबेर राती हिन्दु परम्परा अनुसार विवाह सम्पन्न भएको छ । भारतीय संचारमाध्यमका अनुसार प्यालेसको प्लाजा एरियामा मण्डप बनाइएको थियो जहाँ बेंगलुरुबाट आएका पण्डित चन्द्रशेखर शर्माका अगुवाईमा ११ पण्डितले विवाहको मन्त्र पढेदै विवाह गराएका हुन् ।

प्रियंका र निकले डिसेक्बर १ शनिबारका दिन जोधपुरको उम्मेद भवन प्यालेसमा क्रिश्चियन रितिरिवाज अनुसार विवाह गरेका थिए । विवाह पश्चात उम्मेद भवन प्यालेसमा आतिसबाजी गरिएको थियो भने राति भव्य पार्टीको आयोजना पनि गरिएको थियो ।यतिबेला जुत्ता लुकाउने कार्यक्रम पनि भयो ।

हिन्दु परम्परा अनुसार विवाहमा प्रियंकाको काकाकी छोरी परिणितीले निकसँग जुत्ता लुकाईका लागि पाँच लाख डलर (पाँच करोड ५८ लाख रुपैयाँ) मागेकी थिइन् । निकले कति दिए त्यो भने सार्वजनिक गरिएको छैन् ।

भास्कर डट कमका अनुसार आइतबार बेलुकी उम्मेद भवन प्यालेसको स्टाफ गेट नजिक बनेको गार्डन एरियाबाट निकको जन्ती गयो । शेरवानी र चुरीदार पाइजामा लगाएका निकले तरवार पनि बाँधेका थिए । देश–विदेशका जन्तीले नाच्दै गाउँदै प्यालेसको एक चक्कर लगाए । बेहुलीको पक्षबाट मधु चोपडाले जन्तीको स्वागत गरिन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु