बार्सिलोना शीर्ष स्थानमा उक्लियो, भिया रियल २–० ले पराजित

एजेन्सी । बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा भिया रियललाई २–० ले हराउँदै बार्सिलोना शीर्ष स्थानमा फर्किएको हो ।

बार्सिलोनालाई जित दिलाउन जेरार्ड पीके र कार्लेस अलेनाले एक–एक गोल गरे । जितसँगै शीर्ष स्थानमा फर्किएको बार्सिलोनाले १४ खेलबाट २८ अंक जोडेको छ । बार्सिलोनाले सेभियालाई १ अंकले पछि पारेको छ । सेभियाको २७ अंक छ ।

आइतबार राति भएको अर्को खेलमा सेभिया डिपोर्टिभो अलाभेससंग १–१ गोलको बराबरीमा रोकिएको छ । यस्तै लिगको तेस्रो स्थानको एट्लेटीको मड्रिड पनि जिरोनासँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु