निर्मलाले न्याय नपाएसम्म आन्दोलन नरोकिने

काठमाडौं । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको पक्षमा न्यायको माग गर्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले महेन्द्रनगरमा जन प्रदर्शन गरेको छ । नेकपा (विप्लव) तथा उसको विद्यार्थी संगठनको आयोजनामा आईतवार कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा जन प्रदर्शन गरेको हो । घटना घटेको चार महिना भैसक्दा पनि दोषीलाई कानूनी दायरामा नल्याइएको बिरोधमा दवावस्वरुप जन प्रदर्शन गरिएको नेकपा (विप्लव) कञ्चनपुरले जनाएको छ ।

पुरानो जिल्ला प्रशासन कार्यालयदेखि सुरु भएको जनप्रदर्शन जिल्ला प्रशासन कार्यालय, महेन्द्रनगर बजारको मुख्य चोक मदन चोक हुदै बजार परिक्रम गर्दै स्मारकमा पुगी जनसभामा परिणत भएको थियो । जनसभालाई केन्द्रीय सदस्य देविदत्त पाण्डे, पोलिट्ब्यूरो सदस्य ओम पुन लगायतले सम्बोधन गरेका छन् ।

प्रदर्शनका क्रममा सहभागीहरुले घटनाको सत्य, तथ्य सार्वजनिक नगरेको भन्दै सरकार बिरुद्ध चर्को नारावाजी गरे । उनिहरुले ‘गृहमन्त्री राजिनामा दे, निर्मलाका हत्यारा सार्वजनिक गर’ भन्दै नारावाजी गरेका थिए । ‘निर्मालालाई न्याय दे, वैज्ञानिक समाजवाद स्थापना गरौं, संसदीय व्यवस्था मुर्दावाद’ जस्ता नारा लेखिएको पम्पलेट बोकेका थिए ।

प्रदर्शनमा महेन्द्रनगरका विद्यार्थी, शिक्षक, अधिकारकर्मी, विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताको सहभागीता रहेको थियो । गत साउन १० गते गृहकार्य गर्न साथीको घर गएकी भीमदत्त नगरपालिका –२, की १३ वर्षीय निर्मला पन्तको अर्को दिन बलात्कार पछि हत्या गरिएको अवस्थामा उखुवारीमा शव भेटिएको थियो । घटना घटेको चार महिना पुरा भएको छ , तर अहिले सम्म हत्याराको पहिचान हुन सकेको छैन । अाजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु