हिंस्रक प्रदर्शन हुन थालेपछि फ्रान्सेली सरकारले ‘आपतकालिन अवस्था’ लगाउने संकेत

एजेन्सी । पेट्रोल र डिजेलको मूल्य वृद्धि विरुद्ध फ्रान्समा हिंस्रक प्रदर्शन हुन थालेपछि त्यहाँको सरकारले ‘आपतकालिन अवस्था’ लगाउने संकेत दिएको छ।

सरकारका प्रवक्ता बेन्जामिन ग्रिभियक्सले आपतकालिन अवस्था लगाउने बारे छलफल गरिरहेको बताए। फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोनले बढ्दो तनावलाई रोक्ने बारेमा आइतबार आपतकालिन बैठक बोलाएका छन्। त्यस बैठकले आपतकालिन अवस्था लगाउने नलगाउने बारे निर्णय लिनेछ।

गत महिनादेखि फ्रान्स आशान्त बनेको छ। शनिबार पेरिसमा पेट्रोल तथा डिजेलको मूल्य फिर्ताको मागगर्दै सरकार विरोधी हिंस्रक प्रदर्शन भएको थियो।

सो क्रममा प्रदर्शनकारीले सडकका सवारी साधन तोडफोड गर्नुका साथै गाडीमा आगजनी गरेका थिए। उनीहरुले प्रहरीमाथि ढुंगा समेत प्रहार गरेका थिए।

प्रदर्शनको क्रममा २३ प्रहरीसहित संयौ प्रदर्शनकारी घाइते भएका थिए। सो क्रममा प्रहरीले ४ सय भन्दाबढीलाई नियन्त्रणमा लिएको छ।

फ्रान्समा गएको एक वर्षमा पेट्रोल र डिजेलको मूल्य २३ प्रतिशतले बढेको छ। मूल्य वृद्धिको विरोधगर्दै प्रदर्शनकारीले राष्ट्रपति इम्यानुअल म्याक्रोनको राजिनामा माग गरेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु