वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयमा श्रम स्वीकृतिका लागि अब लाइन बस्न नपर्ने

काठमाडाैँ । वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयमा श्रम स्वीकृतिका लागि अब लाइन बस्न नपर्ने भएको छ। वैदेशिक रोजगारीमा जानेहरूलाई सहज रूपमा श्रम स्वीकृति लिने वातावरण बनाउन ताहाचलस्थित कार्यालयले अनलाइन टोकन सेवा सुरु गरेको हो।

अाइतबारदेखि लागू टोकन प्रणालीबाटै नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र कागजात प्रमाणिकरण गरिने कार्यालयले जानकारी दिएकाे छ।

वैदेशिक रोजगार विभागको एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस) बाट प्राप्त निवेदनमा उल्लेख भएको टोकन नम्बरका आधारमा तोकिएको मिति र समयमा मात्र काम हुनेछ।

एकीकृत वैदेशिक रोजगार सूचना प्रणालीअन्तर्गत अब सेवाग्राहीले राहदानी विभाग, वैदेशिक रोजगार कार्यालय, वैदेशिक रोजगार विभाग, अध्यागमन विभागलगायतका सेवा एकैद्वारबाट पाउने वैदेशिक रोजगार कार्यालयले जनाएको छ।

तोकेको मिति र समयमा आए अब घण्टौं लाइनमा बस्न नपर्ने कार्यालयका प्रमुख युवराज खतिवडाको दाबी छ। यस्तो सेवाका लागि सेवाग्राही आफैले फाराम भर्न सक्नेछन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु