छाडा गाई व्यवस्थापनमा जुटे माहाकालीवासी: जनप्रतिनिधीको टाउको दुखाई हट्यो

पप्पु गुरुङ्ग,दोधारा । गाई नेपालको राष्ट्रिय जनावर हो । हिन्दु धर्म मान्नेहरु गाईको पुजा गर्छन् । चाडपर्वमा गाईको महत्व धेरै हुन्छ । हिन्दुहरुले पुजा आजा, विवाह, व्रतबन्ध लगायतका शुभ कार्यमा गाईको दुध, पिसाव र गोवर पनि अति आवश्यक ठानेर खोजी गर्छन र त्यसको प्रयोग पनि गर्छन् । तर तिनै गाईलाई अहिले घरबाट छाडा रुपमा छोडिदिदा तिनिहरुले पु¥याएको नोक्सानीका कारण स्थानियवासी मर्कामा परेका छन् भने बजार क्षेत्रमा दुर्घटनाको जोखिम पनि बढेको छ ।

ईन्द्रा सामुदायिक बनमासंचालन भएको एक कार्यक्रममा सबै स्थानियहरुले यस्तै भन्दै थिए । माहाकाली नगरपालिका विभिन्न ठाउमा छाडा पशु चौपायका कारणले स्थानियवासीले हैरानी खेपिरहेका छन् । यसरी हैरानी माहाकाली नगरपालिका ५ स्थित रहेको ईन्द्रा मध्यवर्ती सामुदायिक बनमा स्थानियवासीले भने छाडा गाई व्यवस्थापन गरेर गतिलो कामको सुरुवात गर्न थालेका छन् । माहाकाली नगरपालिकाको आसपासका गा“उमा छाडा गाईले खेतबारीको अन्नबालीमा क्षती पु¥याउन थालेपछी माहाकालीका जनप्रतिनिधी र स्थानियबासी गाई, गोरु व्यवस्थापनमा जुटेका हुन् ।

माहाकाली नगरपालिका वडा नं. ६ हेल्थपोष्ट निवासी हाल भारतको राजधानी दिल्लीमा ब्यावसाय गर्दै आएका जोगेन्द्र सिंह भण्डारीले गौशाला निमार्ण तथा छाडा पशु चौपाया ब्यवस्थापनको लागी ब्यक्तीगत लगानी लगाउने भएपछि माहाकाली नगरपालिकामा बिशाल गौशाला निमार्ण हुने भएपछि उनि संगै माहाकालीका जनप्रतिनिधी र स्थानियहरु छाडा पशु चौपाया ब्यवस्थापनको लागी गौशाला निमार्ण कार्यमा कस्सीएका हुन् ।

आफ्नो धर्मपत्नीले गाईलाई पुजा तथा बढी माया गर्ने भएको हुदा आफ्नो धर्मपत्नी मधुदेबी भण्डारीको स्मृतीमा माहाकालीमा गौशाला निमार्ण गरि छाडा देखिएका चौपायाको ब्यवस्थापन गर्न लागेको जोगेन्द्र सिंह भण्डारीले कार्यक्रममा बताएका छन् । भण्डारीले ईन्द्रा मध्यवर्ती सामुदायिक बनमा करिब ३ बिघाह भन्दा बढी क्षेत्रमा माहाकाली नगरपालिका कार्यालय संग समन्वय गरि आफ्नो लगानीमा बिशाल आधुनिक गौशाला निमार्ण गर्न आफु उत्साहित भएको बताएका छन् । चिसोको मौसममा गाईहरु माहाकाली नगरपालिकाले निमार्ण गरेको अस्थायी गोठमा खुल्ला आकाश मुनी बसीरहेका छन् ।

सामुदायिक वन तथा माहाकाली नगरपालिकाको थोरै सहयोगले अहिले पराल मात्र खुवाउने काम भईरहेको छ । महिनौ देखि छाडा पशुचौपायका कारण हैरानी खेप्नुपर्ने समस्या हट्ने भएको स्थानियवासीको भनाई छ । आज माहाकाली नगरपालिकाको ईन्द्रा सामुदायिक बन उपभोक्ता, जनप्रतिनिधी तथा सरोकारवालाको भेलाले नगरपालिका भित्रका सम्पुर्ण छाडा पशुचौपायलाई व्यवस्थापन गरेर गौशाला निर्माण गर्नमा नगरवासीहरु प्रतिबद्धता जनाएका छन् । ईन्द्रा मध्यवर्ती सामुदायिक बन उपभोक्ता समितिले आयोजना गरेको आपतकालिन भेलाले नगरको समृद्धि तथा बिकासमा सहयोग गर्न तम्तयार रहनुभएका ब्यवसायी जोगेन्द्र सिंह भण्डारीलाई सम्मान समेत गरेको छ् ।

माहाकाली नगरपालिकाका जनप्रतिनिधीको टाउको दुखाईको बिषय बन्दै आएको छाडा चौपायाहरुको पुर्ण ब्यवस्थापन गर्ने जिम्मा लिएको भन्दै दोसल्ला आढाएर सम्मान गरिएको ईन्द्रा सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष करन बहादुर सुनारले बताएका छन् । आयोजित भेलामा बोल्दै माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले जनप्रतिनिधीहरु गर्न नसकेको काम ब्यवसाय भण्डारीले गरेको भन्दै भण्डारीको उच्च सम्मानका लायक भएको बताएका छन् ।

‘स्थानिय सरकार र प्रदेश सरकारले गर्न नसकेको काम भण्डारी जीले गर्न तयार हुनुभएकोमा हामी नगरबासी उहा“लाई उच्च सम्मान गर्दछौ’ माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले भने– ‘हामीहरुले जटिल समस्या हल हुदै छ् ।’ नगरपालिकाका स्थानियहरुको बाक्लो सहभागिता रहेको भेलामा ईन्द्रा सामुदायिक बनका पदाधिकारी, जनप्रतिनिधी स्थानियहरु तथा सुरक्षाकर्मीहरुको उपस्थिती रहेको थियो ।

ईन्द्रा मध्यवर्ती सामुदायिक बनमा संचालन भएको जनप्रतिनिधी, बन उपभोक्ता तथा स्थानियहरुको भेलाले छाडा चौपाया ब्यवस्थापन गर्न दाता भण्डारीले गर्न लागेको योजनाको बारेमा उच्च प्रशंसा गर्दै माहाकाली नगरपालिकाका कार्यालयको पनि सहनिय भुमिकका हुनु पर्ने मा“ग स्थानियहरुले राखेका छन् । भेलाको संचालन महेन्द्र सिंह बिष्टले गरेका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु