म्यानचेष्टर र युभेन्टसको अपराजित यात्रा कायमै

एजेन्सी । प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटिले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । गएराती बर्नमाउथलाई ३–१ ले हराउँदै उसले आफ्नो अपराजित यात्रालाई १४ औं चरणमा पनि निरन्तरता दिएको हो । उसको जितमा बर्नाण्डो सिल्भा, रहिम स्र्ललिङ र ईल्के गुण्डोगानले गोल गरे । १४ खेलबाट ३८ अंक जोडेको सिटीले दोस्रो स्थानको लिभरपुलसगको दुरी ५ अंकले बढाएको छ ।

गएरातीका अन्य खेलमा लेष्टर सिटीले वाटफोर्ट र क्रिष्टल प्यालेसले बर्नलीलाई समान २–० ले स्तब्ध पारे । न्यु क्यासल युनाईटेड भने वेष्टह्यामसंग ३–० ले पराजित भएको छ ।

हडल्सफिल्ड टाउनलाई २–१ ले हराएको ब्राईटन एण्ड होभ एल्बियन तालिकाको ११ औं स्थानमा उक्लिएको छ । ईपीएलमा आज राती चेल्सी र फुलहाम, टटनहाम र आर्सनल तथा लिभरपुल र एभरटनबीच प्रतिस्पर्धा हुनेछ ।

स्पेनिस ला लिगा फुटबलको पछिल्ला खेलमा रियल मड्रिड, गेटाफे, लेगानेश र सेल्टथा भिगो विजयी भएका छन् । रियलले भ्यालेन्सीयालाई २–० ले हराउँदा गेटाफेले स्पानियोलविरुद्ध ३–० को जित निकाल्यो । जितसंगै रियल तालिकाको पाचौ स्थानमा उक्लिएको छ ।

रियल भल्लाडोलिड भने लेगानेससँग ४–२ ले स्तब्ध भयो । सेल्टा भिगोले पनि हुएस्कालाई २–० ले हराउदै तालिकामा ३ अंक थपेको छ । ईटालियन सिरी ए मा युभेन्टसले आफ्नो अपराजित यात्रा कायम राखेको छ । लिगको चौधौं चरणको खेल जारी रहंदा गएराती फ्लोरेन्टिनालाई ३–० ले पराजित गर्दै युभेन्टसले १३ र्औं जित हात पारेको हो ।

एकमा बराबरी गरेको युभेन्टस ४० अंकमा शीर्ष स्थानमा छ । दोस्रो स्थानको नापोलीको २९ अंक छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु