अमेरिकाका पूर्वराष्ट्रपति एचडब्लु बुसको निधन

वासिङटन । अमेरिकाका पूर्व राष्ट्रपति जर्ज एच डब्लु बुसको ९४ बर्षको उमेरमा निधन भएको छ । शितयुद्ध अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेका राष्ट्रपतिका रुपमा स्मरण गरिने बुसको शुक्रबार निधन भएको उनका आफन्तले जानकारी दिएका छन् ।

अमेरिकाको राजनीतिक परिवारका रुपमा चिनिने बुस परिवारबाट उनका छोरा जर्ज डब्लु बुस पनि राष्ट्रपति भएका थिए । पुत्र बुसले आफ्ना बुवालाई संसारकै सवै भन्दा असल पिताका रुपमा आफूले स्मरण गर्ने बताउनु बताएका छन् । उनले आफ्ना बुवालाई उच्च चरित्रवान मानवको रुपमा व्याख्या गरेका विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् ।

आफ्नी श्रीमती बार्बारा बुसको निधन भएको केही महिनापछि उनको निधन भएको हो । श्रीमती बुसको गत अप्रिल १७ मा ९२ वर्षको उमेरमा निधन भएको थियो । अमेरिकाको ४१ औं राष्ट्रपतिका रुपमा उनले सन् १९८९ देखि १९९३ सम्म देशको नेतृत्व गरेका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु