अस्ट्रेलियन महिलालार्इ नेपाल प्रवेशमा ५ वर्षको प्रतिबन्ध, यस्तो छ कारण

सन्जिव अर्याल, असनेपालन्युज । करिब ३ हप्ता अघि बर्दिया बाट पक्रउ परेकी ३५ वर्षीय काटिया ग्राहमलार्इ नेपालको अध्यागमन विभागले नेपाल प्रवेश गर्नका लागी ५ वर्ष प्रतिबन्ध लगाइएको छ । ग्राहमका साथमा अन्य चार जना नेपालीहरू स्थानीयको घर-घरमा गर्इ धर्म परिवर्तन गराउने कार्यमा सम्लग्न पाइएको हो । विदेशी सम्लग्न भएका कारण जिल्ला प्रशासन कार्यलय बर्दियाले अध्यागमन विभागलार्इ सुम्पिएकोमा ग्राहमले अाफुमाथि लागेको अारोप स्वीकार गरेको अध्यागमन निर्देशक विष्णुहरी उपाध्यायले बताए  ।

अष्ट्रेलियाको सिड्नी निवासी ग्राहम विद्यार्थी भिसामा नेपाल अाएकी थिइन् । ग्राहमले स्वयम पत्र मार्फत अाफ्नो गल्ती स्वीकार गरेकाले अदालति पक्रियामा नगएको उपाध्ययले बताए । नेपालको कलेजमा भर्ना भएपनि उनी धेरै दिनदेखि गयल रहेको पाइएको छ ।

स्थानीयले दिएको सुचनाका अाधारमा ग्राहम र अन्य चार नेपालीको साथमा क्रिस्चियन धर्म सम्बन्धित बाइबल, पम्लेट र अन्य अडियो-भिडियो सामाग्री बरामद गरीएको जिल्ला प्रशासन कार्यलय बर्दियाका अधिकृत महेन्द्र जङ्ग साहिले बताए । धर्म परिवर्तन कार्यमा सम्लग्न भएर स्वदेश फर्काइनेमा ग्राहम पहिलो व्यक्ति भने नभएको अध्यागमनले जनाएको छ । यस अघि दुर्इ जापनीज महिला र फिलिपिन्सका एक दम्पतिलार्इ पनि यस्तै केसमा अाफ्नो देस फर्काइएको थियो ।

लागु अाैषध, हतियार, नक्कली पासपोर्ट, साइबर क्राइम लगायतका अपराधहरूमा प्रशस्त विदेसी नागरिक मुँसिदै अाएपनि यस प्रकृतिको घटनामा भने हालसालै देखिन थालेको निर्देशक उपाध्यायले बताए । अारोपीले गल्ती अस्वीकार गरेको खण्डमा नेपालको प्रचलित कानुन अनुशार बिदेशी नागरिकले नेपालमै जेल बस्न पर्ने अथवा निश्चित समयको लागी नेपाल प्रवेशमा प्रतिबन्ध लगाइ सम्बन्धित देश फिर्ता पठाइदिने प्रावधान रहेको छ ।

प्रतिबन्धित समय सकिएपछि मात्र विदेशी नेपाल प्रवेश गर्न पाउने छन् । भिसाको म्याद सकिएपनि नेपाल बसेको भेटिएमा १० वर्ष सम्को कैद पनि हुन सक्नेछ ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु