“नेपाल फेस्टिवल मेलवर्न २०१८” भव्यताका साथ मनाइने

सन्जिव अर्याल, मेलबर्न । गैरआवसीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाको ब्रान्डका रूपमा रहेको नेपाल फेस्टिवल अागामी डिसेम्बर १५ तारिख शनिबारका दिन फेडरेशन स्क्वायरमा हुने भएको छ । “नेपाल फेस्टिवल मेलवर्न २०१८” नामक यस कार्यक्रम क्यानवेरा स्थित नेपाली दुतावास, नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली संघ अष्ट्रेलिया भिक्टोरिया राज्य संयोजन परिरिषद्, अस्ट्रेलियन नेपाली बहुसाँस्कृतिक केन्द्र जस्ता अन्य थुप्रै बहुसाँस्कृतिक समुदायहरूसँग सम्बन्धित संस्थाहरूसँगको समन्वयमा हुन लागेको हो ।

नेपाली समुदायमा एकता तथा नेपाल र नेपाली संस्कृति, कला, भेषभुषा, खाना लगायतलार्इ अष्ट्रेलियाको विभिन्न राज्यमा प्रचार गर्नु यस कार्यक्रमको प्रमुख लक्ष्य रहेको छ ।  नेपालको पर्यटन प्रबद्र्धनलार्इ पनि प्रथमिकता दिएको यस कार्यक्रमको यस वर्षको नारा ‘एक देश अनेक कथा'(one country many stories) रहेको छ । नेपाल महोत्सव मेलबर्नमा सुरु भएको दशौं वर्षको यो अवसरमा बाक्लो जनसहभागिता तथा नेपाली झाँकीहरुको साथ सांस्कृतिक परेडको आयोजना गरिनेभएको छ जहाँ नेपालका चर्चित क्रिकेटर सन्दिप लामिछानेको पनि उपस्थिति रहने अायोजकले जनाएको छ ।

फेडरेशन स्क्वयरमा रहने १५ वटा स्टलहरू मार्फत नेपालका विभिन्न पर्यटकीय स्थलहरुको बारेमा जानकारी दिइने छ भने बाँकी ६ वटा स्टलहरूमा विभिन्न नेपाली खानाहरूको परिकारहरू रहने छ । नेपाल फेष्टिभलको स्वयंसेक संयोजक गौतम लामिछानेले भिक्टोरियामा बस्ने नेपालीहरुलाई स्वयंसेवकका रुपमा सहयोग गरीदिनुहुन अाव्हान गर्नुभएको छ ।

२०१८ डिसेम्बर १५ तारिख शनिबार दिउँसो ११ बजे देखि १२ बजेसम्म  State library बाट Federation Square सम्म साँस्कृतिक परेडको अायोजना पश्चात “नेपाल फेस्टिवल मेलवर्न २०१८”को सुरूवात हुनेछ । कार्यक्रममा सम्पुर्णलार्इ नि:शुल्क प्रवेशको व्यबस्था गरीएको छ ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु