‘२.०’ पाइरेसीको सिकार, १२ हजार साइट बन्द गर्न अदालतको निर्देशन

एजेन्सी । भारतीय सिनेमा ‘२.०’ रिलिजभएसँगै यसले सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ। एसियाकै दोस्रो महँगो सिनेमा भएकोले पनि यस सिनेमा प्रति धेरैको चासो रहेको छ। सिनेमा हेर्न व्यग्र प्रतीक्षामा रहेका दर्शकहरु हलमा पुग्न नपाउँदै यसको पाइरेसी भएको छ। पाइरेसी भएसंगै निर्माण टिम तनावमा परेका छन् भने १२ हजार भन्दा बढी वेबसाइट बन्द गर्न अदालतले निर्देशन दिएको छ।

सिनेमा तमिल रकर्स डटकम मार्फत अनलाइनमा लिक भएपछि निर्माण टिमले अदालतमा मुद्दा दायर गरेको थियो। पाइरेसी गरिएको सिनेमा देखाउने वेवसाइटलाई बन्द गरिपाऊ भन्ने मुद्दामा विचार गर्दै मद्रासको उच्च अदालतले १२ हजार ५ सय भन्दा बढी वेवसाइट बन्द गर्ने निर्देशन दिएको छ।

अदालतले ३७ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई डाटासहित साइट बन्द गर्ने निर्देशन दिएको हो। सिनेमा यस वेवसाइटमार्फत धेरै साइटमा अपलोड भइसकेको छ। तर सिनेमा लिक हुनु अगावै निर्माण कम्पनी लाइका प्रोडक्सनले अदालतमा मुद्दा दायर गरेको थियो।

१ हजार ७९ दिन लगायाएर तयार गरिएको सिनेमालाई भारतले गर्व गर्नुपर्ने दर्शकले बताएका छन्। एस शंकरको निर्देशनमा तयार भएको सिनेमामा रजनीकान्त, अक्षयकुमार र एमी ज्याक्सन मुख्य भूमिकामा छन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु