अष्ट्रेलियामा पीआरको लागि सम्भावना पाँच दक्ष पेशा सूचीबाट हटाईयो, के-के हुन् ?

अष्ट्रेलिया । अष्ट्रेलिया अध्ययनका लागि आउने अधिकांश विदेशी विद्यार्थीहरु पढाइ सकेपछि अष्ट्रेलियामै सेटल हुन चाहन्छन् । किनभने यहाँको उत्कृष्ट जीवनशैली र रोजगारको अवसरले उनीहरुलाई आकर्षित गरिरहेको हुन्छ । अष्ट्रेलियामा विद्यार्थी भिसामा आउने जोसुकैले निश्चित समय मात्र काम गर्ने अवसर पाउँछन् । त्यसैले पढाइ सकेपछि धेरै विद्यार्थीलाई यहाँको पीआर लिनु हतारो हुन्छ । किनभने पीआर पाइसकेपछि परिवार सहित अष्ट्रेलियामा बस्न र काम गर्न पाइन्छ ।

तर पीआर पाउन सबै विद्यार्थीलाई त्यति सहज भने छैन । किनभने उनीहरुले अध्ययन गरिरहेको विषय र प्राप्त गरेको डिग्रीको ठूलो भूमिका रहन्छ । कुनै कुनै विषय र पेशा पीआर भिसाका लागि अयोग्य मानिन्छन् । यसै त अष्ट्रेलियाको शिक्षा निकै महँगो मानिन्छ,त्यसमाथि पीआरका लागि समेत अयोग्य भए त्यो झनै महँगो सावित हुन्छ ।

त्यसैले अष्ट्रेलियाको पीआर लिन चाहने विदेशी विद्यार्थीहरुले अध्ययनपछि पीआर पाउन आवश्यक योग्यता र अष्ट्रेलियामा उच्च माग भएका पेशामा संलग्न हुन आवश्यक छ । अष्ट्रेलियाको सरकारले उच्च माग भएका विषय पेशाहरको सूची हरेक वर्ष सार्वजनिक गर्दछ । ती उच्च माग भएका पेशासाग सम्बन्धित विषयमा अष्ट्रेलियामा अध्ययन सकाएका विदेशी विद्यार्थीहरुले पीआर भिसा पाउने सम्भावना बढी रहन्छ ।

तर अष्ट्रेलिया सरकारको उच्च माग हुने विषयहरु के के हुन् भन्ने कुरा केही विद्यार्थीहरुलाई थाहा नहुन पनि सक्छ । त्यसैले यहाँ केही त्यस्ता विषयका बारेमा चर्चा गर्दैछौं जुन विषयको अष्ट्रेलियामा सधैं उच्च माग हुँदै आएको छ । यी क्षेत्रमा काम,नाम र दाम सबै आकर्षक रुपमा उपलब्ध छन् ।

सम्भावना पाँच पेशा सूचीबाट हटाईयो

अष्ट्रेलियाको पीआरको लागि सम्भावना राख्ने भनिएका पाँच पेशा दक्ष पेशाको सूचीबाट हटेका छन् । क्विन्सल्याण्ड स्किल्ड अकुपेसन लिस्टबाट ती पेशा हटेका हुन् । गत नोभेम्बर २२ मा सनसाइन राज्यले आफ्नो आधिकारिक माइग्रेसन वेबसाइटमा उक्त जानकारी दिएको हो ।

ती पेशाको लागि भ्इक्ष् को संख्या अत्यधिक पुगेकोले हटाइएको बताइएको छ । अधिकारिहरुका अनुसार सनसाइन स्टेटबाट यदि २२ नोभेम्बर २०१८ सम्ममा ती पाँच पेशाको लागि इन्भिटेसन नपाएकाहरुले अब इन्भिटेसन पाउने छैनन् । यदि इन्भिटेसन पाइसकेकाहरुले प्रक्रिया अगाडी नबढाएमा मात्र नयाँ इन्भिटेसन पाउने सम्भावना रहनेछ ।

सनसाइन स्टेटले हटाएका पाँच पेशा :
फाइनान्स म्यानेजर – १३२२११
रजिस्टर्ड नर्स (एज्ड केयर ) – २५४४१२
रजिस्टर्ड नर्स ( क्रिटिकल केयर एण्ड इमर्जेन्सी ) – २५४४१५
डेभलपर प्रोग्रामर – २६१३१२
सफ्टवेयर इन्जिनियर – २६१३१३

Comments

comments

सम्बन्धित शिर्षकहरु