सबैभन्दा बढी घुस लेनदेन मालपोतमा, भ्रष्टाचारको मुख्य जिम्मेवार दलहरु

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भष्टाचारको मुख्य कारक राजनीतिक दल भएको निष्कर्ष निकालेको छ । सरकारी कार्यालयमा हुने अनियमितता, भ्रष्टाचार र घुस लेनदेनको मुख्य जिम्मेवार दल र तिनका कार्यकर्ता भएको आयोगको अध्ययनले देखाएको छ ।

अध्ययनअनुसार भ्रष्टाचारका घटनामध्ये २५.५ प्रतिशतमा राजनीतिक दल र कार्यकर्ता जिम्मेवार छन् । १७.२ प्रतिशत भ्रष्टाचारमा भने मध्यस्थकर्ता, ठेकेदार र प्राविधिक जिम्मेवार छन् ।

त्यस्तै, सबैभन्दा बढी भ्रष्टाचार हुने कार्यालय मालपोत, भुमिसुधार तथा नापी हुन् । यिनलाई अख्तियारे भ्रष्टाचारका लागि संवेदनशिल कार्यालय भनेको छ । यी कार्यलयमा हुने काममध्ये ६५.५ प्रतिशतमा भ्रष्टाचार हुने पाईएको छ । अाजको अन्नपुर्ण पोष्ट दैनिकले  खबर छापेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु