नेपाली समुदायमा एकता कायम राख्ने उद्देश्यका साथ ‘नेपाल फेष्टिभल’,प्रवेश नि:शुल्क

अष्ट्रेलिया । २४ नोभेम्बर २०१८ का दिन एनअारएनए अस्ट्रेलियाको एनएसडब्ल्यु राज्य समन्वय समितिले नेपाली दुतावास, पर्यटन बोर्ड र अन्य नेपाली संघ संस्थाको साथमा “पर्यावरण मैत्री नेपाल फेस्टिभल २०१८ सिड्नी”को अायोजना गर्ने भएको छ । एमडी मल्टिडाइनामिक यस कार्यक्रमको इभेन्ट पार्टनर रहेको छ भने अन्य थुप्रै संघ संस्थाहरूले विभिन्न विधामा सहयोग गरेका छन् ।

अष्ट्रेलियामा नेपालको पर्यटन प्रबर्द्धन तथा अष्ट्रेलियामा रहेको नेपाली समुदायमा एकता कायम राख्ने उद्देश्यका साथ नेपाल फेष्टिभलको आयोजना हुँदै आएको छ । एनआरएन अष्ट्रेलियाले आयोजना गर्ने नेपाल फेस्टिभल सिड्नीमा हरेक दुई वर्षमा भव्य रुपमा आयोजना गरिन्छ । जसअनुरुप, यस पटक आगामी २४ नोभेम्बरमा हुनेभएको छ ।

नेपाल फेस्टिभललाई उद्देश्य अनुरुप भव्य र सभ्य बनाउनको लागि एनआरएन अष्ट्रेलिया संगै सम्पूर्ण नेपाली समुदाय जुटिरहेको छ भने नेपालबाट कलाकारहरु आउने क्रम पनि जारि छ । नेपाल फेस्टिभल सिड्नीमा चर्चित नेपाली कलाकारहरु राजेश पायल राई, आंचल शर्मा, विश्व नेपाली, पशुपती शर्मा, तिर्सना गुरुङ, शिव हमाल लगायतको विशेष प्रस्तुती रहनेछ ।

नेपाली कला संस्कृति, भाषा, शैली, परिकार र परम्पराको झल्को दिने नेपाल फेस्टिभलको उक्त सिड्नी संस्करण २४ नोभेम्बरमा Tumbalong Park मा बिहान १० बजे देखि बेलुका १० बजेसम्म हुनेछ । नि:शुल्क प्रवेशको व्यवस्था रहेको उक्त फेस्टिभलको इभेन्ट पार्टनरको रुपमा मल्टी डायनामिक रियल स्टेट रहेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु