रणवीर र दीपिका विवाह बन्धनमा बाँधिए

एजेन्सी । बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण विवाह बन्धनमा बाँधिएका छन्। लामो समयको पर्खाइपछि उनिहरुले विवाहको तस्विर सार्वजनिक गरेका हुन्। यो जोडीले गत बुधबार इटालीमा गरेका थिए।। इटालीको लेक कोमोमा दुवैको विवाह कोंकणी रीतिरिवाजअनुसार भएको हो।

रणवीरले आफ्नो ट्विटर एकाउण्टमा दुईवटा तस्बिर सार्वजनिक गरेका छन्। त्यस्तै दीपिकाले इन्स्टाग्राममा बिहेको तस्बिर सार्वजनिक गरेकी छन्। विवाहमा एकदमै नजिकका नातेदार र साथीहरुलाई मात्रै बोलाइएको थियो।

Comments

comments

सम्बन्धित शिर्षकहरु