कांग्रेसमा फेरिँदै समीकरण,जुर्मुराए नयाँ पुस्ताका नेता

काठमाडौं । महासमिति बैठक नजिकिँदै गर्दा नेपाली कांग्रेसमा नयाँ पुस्ताका नेताहरू जुर्मुराउन थालेका छन् । गत वर्ष मंसिरमा सम्पन्न प्रतिनिधिसभा चुनावमा पार्टीको पराजयपछि शीघ्र महासमिति बैठक बोलाउन दबाब सिर्जना गरेका युवा नेताहरू फेरि सक्रिय भएका हुन् । कांग्रेसको महासमिति बैठक मंसिर २८ देखि ३० सम्म काठमाडौंमा गर्ने तयारी छ । महासमिति बैठकमा लैजाने राजनीतिक र विधान संशोधन प्रस्तावको विषयमा छलफल गर्न कांग्रेसको नयाँ पुस्ताका नेताबीच बुधवार काठमाडौंमा छलफल भएको छ ।

केन्द्रीय सदस्य गगन थापा, चन्द्र भण्डारी, गुरुराज घिमिरे, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियारलगायत केन्द्रीय सदस्यहरू बुधवारको भेलामा उपस्थित थिए ।बुधवार सहभागी नभएका प्रदीप पौडेल, रामकृष्ण यादव र कमला पन्तसहित शुक्रवार या शनिवार पुनः अर्को भेला गर्ने उनीहरूको तयारी छ ।

कांग्रेसमा फेरिँदै समीकरण

महासमिति बैठक नजिकिँदै गर्दा नेपाली कांग्रेसमा समीकरण फेरबदल देखिएको छ । आगामी वर्षको फागुनमा हुने महाधिवेशनलाई लक्षित गर्दै कांग्रेसमा समीकरण फेरबदल हुन लागेको हो ।यसअघिको महाधिवेशनमा सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा चुनाव लडेका अर्जुननंसिह केसीसहित रामचन्द्र पौडेल पक्षका नेताहरूबीच छलफल भएको छ ।

नेतृ सुजाता कोइरालाको निवमासमा केहीदिन पहिले पौडेल समूहका नेताहरूबीच छलफल भएको थियो । आगामी महाधिवेसनमा सभापतिका लागि साझा उम्मेदवारी दिने भन्दै कोइराला परिवारका तीन नेताहरू डा शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइरालाबीच पटक–पटक छलफल हुँदै आएको छ । शशांक सभापतिमा उठेमा आफू पनि सभापतिमा लड्ने बताएका प्रकाशमान सिंह पनि बैठकमा उपस्थित थिए । उनीहरूले महासमिति बैठकमा एकजुट भएर जाने निर्णय गरेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु